कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ५ हप्तापछि उद्धार
२९ जेठ २०८०, सोमवार
राम्रो पोष्ट
काठमाडाैं । कोलम्बियामा विमान दुर्घटनाको ५ हप्तापछि चार बालबालिका सकुशल भेटिएका छन् ।
विमान दुर्घटनामा परी हराइरहेका चार बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका हुन् । ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ ।
बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।
