गौरीशंकरको पहिरो पीडितलाई दोलखा समाज जापानबाट आर्थिक सहयोग (सहयोगीहरुको नाम सहित)
टोकियो।दोलखाको गौरिशंकर गाउँपालिकाको पहिरो पीडितलाई “दोलखा समाज जापान”ले आर्थिक सहयोग गरेको छ ।
समाजले गाउँपालिकाको वडा नम्बर–७ र ८ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो।
समाजले जापानमा रहेका दोलखालीहरुबाट संकलन गरेको एक लाख ३५ हजार रुपियाँ पहिरो पीडितलाई सहयोग गरेको दोलखा समाज जापनका अध्यक्ष रोशन थापाले बताए ।
“दोलखा समाज जापनको मुख्य उदेश्य भनेकै जापन वा दोलखामा रहेका दोलखालीहरुलाई आपत, बिपत्तमा सहयोग गर्नु रहेकोले पहिरो पीडितलाई सहयोग गरेका हौं।” उनले भने, “यो सहयोगमा जापानमा विभिन्न क्षेत्रमा काम गरिरहेका साथीहरुले ठूलो मन गरेर सहयोग गर्नुभएको छ।”
दोलखा समाज जापनको सहयोग अभियानमा साथसहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद दिँदै उनले भने “हामीले प्रकृति प्रकोप, दैवीप्रकोप लगाएतमा यसअघि पनि सहयोग गर्दै आएको र त्यसैको निरन्तरता गरेका हौँ।”
पहिरो पीडितहरुलाई राहत दिने उदेश्यले दोलखा समाज जापानले भदौ १ गतेसम्म चलाएको सहयोग अभियानमा ७५ जनाले आर्थिक सहयोग गरेका थिए।
सहयोग संकलनमा सबैभन्दा बढि नवराज थापाले ११ हजार पाँच सय यन सहयोग गरेका छन् भने अन्यले भने दुई हजारदेखि १० हजारसम्म सहयोग गरेका छन्।
संकलित सहयोग रकम सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रममा दोलखा (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलाई हस्तान्तरण गरेका छन्।
साउन १८ गते राति परेको अविरल वर्षापछि आएको पहिरोमा परि वडा नम्बर–७ टोपटारका २ जना मृत्त फेला परेको छ भने, दुई जना अझै बेपत्ता छन् । पहिरोबाट वडा नम्बर– ८ स्थित ३४ घरका १ सय ३९ जना र वडा नम्बर–७ स्थित २२ घरका करिब ६० जना विस्थापित छन्।
त्यसैगरि पहिरमा परि खसी, बोका, गाई, भैंसी, कुखुरा गरेर करिब पाँच सय पशु, चौपाया मरेका थिए।
सहयोगीहरुको नाम तथा सहयोग रकम
१ रोशन थापा ५,००० यन
२ नबराज थापा ११,५०० यन
३ बिनय गुरूङ ३,००० यन
४ नारायण खड्का ४,००० यन
५ महेन्द्र राउत ५,००० यन
६ पार्शुक पोखलेल ५,००० यन
७ महेश खड्का १०,००० यन
८ आशिका बस्नेत ३,००० यन
९ महेन्द्र श्रेष्ठ ३,००० यन
१० सुनिल मगर ५,००० यन
११ माधब खड्का २,००० यन
१२ राजकुमार राउत २,००० यन
१३ नबराज केसि २,००० यन
१४ संजिब पोखरेल ३,००० यन
१५ गिर बहादुर तामाङ १,०००० यन
१६ दिपेश खरेल १०,००० यन
१७ मनोज श्रेष्ठ ३,००० यन
१८ गोपी कार्की ३,००० यन
१९ श्री खड्का ५,००० यन
२० कैलाश बोम्जन २,००० यन
२१ कुमार खड्का ५,००० यन
२२ सरोज बस्नेत २,००० यन
२३ इश्वर पाठक २,००० यन
२४ भूबन कृष्ण घिमिरे २,००० यन
२५ बसन्त लामा २,००० यन
२६ दिपेन्द्र कार्की २,००० यन
२७ पासाङ शेर्पा ५,००० यन
२८ नवराज सुबेदी २,००० यन
२९ नविन काफ्ले २,००० यन
३० लोकराज चौलागाई ३,००० यन
३१ श्रृजना थापा ३,००० यन
३३ दिपक खड्का २,००० यन
३९ प्रदिप खड्का ३,००० यन
४१ कान्साई क्षेत्रीय समिती ५,००० यन
४२ निर्मल श्रेष्ठ ५,००० यन
४३ अन्जन बस्नेत २,००० यन
४४ रामचन्द्र गिरी २,००० यन
४५ मिलन अधिकारी २,००० यन
४६ भिम्शेन सुबेदी २,००० यन
४७ सविना बुढाथोकी २,००० यन
४८ मिलन बुढाथोकी २,००० यन
४९ ज्योती के.सी २,००० यन
५० दिलिप शर्मा २,००० यन
५१ रामु कडेल २,००० यन
५२ कृष्ण कण्डेल २,००० यन
५३ अर्जुन बगाले १,००० यन
५४ दिनेश लोहनी ३,००० यन
५५ टिकाराम खरेल ५,००० यन
५६ चन्द्र केसी अधिकारी २,००० यन
५७ मुक्तिराज रेग्मी ३,००० यन