थाक्सी- सल्ले पहिरो प्रभावितलाई मानवीय राहत वितरण

१ भदौ २०८०, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ भदौ २०८०, शुक्रवार

चरिकोट । दोलखा गौरीशंकर गाउँपालिकाको पहिरोबाट प्रभावितहरुलाई मानवीय राहत सहयोग गरिएको छ।
गाउँपालिकाको वडा नम्बर- ७ टोपाटार र वडा नम्बर - ८ स्थित थाक्सी, सल्ले गाउँका पहिरो प्रभावितहरुलाई एक सय ८५ बोरा चामल, तेल लागएतका खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो।
एसबी जर्मन, रीड नेपालको आर्थिक सहयो तथा गौरीशङ्कर सामुदयिक पुस्तकालयको सहकार्य र गाउँपालिकाको समन्वयमा उक्त सामाग्री स्थानिय प्रकोप व्यावसथापन समितिलाई हस्ततरण गरिएको गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए।
वा नम्बर -८ स्थित ३४ घरका १ सय ३९ जना र वडा नम्बर -७ स्थित २२ घरका करिब ६० जना विस्थापितलाई ८ लाख रुपियाँ बराबरको राहत सामाग्री वितरण गरिएको उनले बताए। "आपत, बिपतमा गौरीशंकर सामुदायिक पुस्तकालय सधैं मानवीय सेवा रहन्छ।" उनले भने।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वस कार्की, रीड नेपालका कविराम मगर, गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेत, सचिव नवराज न्यौपाने, कोषाध्यक्ष होम पाठक,नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी अध्यक्ष जंग गुरुङ र नेकपा एमाले गौरीशंकर -८ कमिटी खारेका अध्यक्ष उमेश गुरुङ लगाएको सहभागिता थियो।
पहिरो प्रभावितको व्यवस्थापनका लागि स्थानीय सरकारले आवस्यक समन्वय र पहल गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष कार्कीले सहयोगी संघसंस्थालाई धन्यवाद दिए।
नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी अध्यक्ष जंग गुरुङले पहिरो पीडितलाई सामाजिक संघसंस्थाले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताए।
साउन १८ गते राति परेको अविरल वर्षापछि आएको पहिरोले सो क्षेत्रमा थुप्रै धनजनको क्षति गराएको थियो।
पहिरोमा परि वडा नम्बर -७ टोपटारका २ जना मृत्त फेला परेको छ भने, दुई जना अझै बेपत्ता छन्।
त्यसैगरि पहिरमा परि खसी,बोका, गाई, भैंसी,कुखुरा गरेर करिब पाँच सय पशु, चौपाया मरेका थिए।