उभिएरै सुत्न मिल्ने "जिराफेनाप" टोकियोमा : थकान र तनाव कम हुने विश्वास

२५ साउन २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२५ साउन २०८०, बिहिवार

टोकियो । सुत्नु पनि जीवनशैलीकै एउटा हिस्सा हो ।हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला सुत्छौं भन्ने कुराको सोझो सरोकार हाम्रो स्वास्थ्यसँग रहन्छ । सबैजनाको सुत्ने स्थिति एकनास हुँदैन । कोही कोल्टो परेर सुत्छन्, कोही उत्तानो, कोही घोप्टो परेर सुत्छन।
तर जापानमा भने अब उठेरै सुत्न मिल्ने मेसिन बनेको छ।
जापानको राजधानी टोकियोको डाउनटाउनको हाराजुकु नेस्काफेमा उठेरै सुत्न मिल्न स्लीप पोडहरू स्थापना गर्दैछ।
यस (अगस्ट ) महिनाको अन्त्यमा यी होटलमा जिराफेनाप होक्काइडोमा आधारित पोडहरु स्थापना गर्ने भएको हो। यो कोयोजु प्लाइवुड कर्पोरेशनले बनाएको एक स्थायी सुत्ने बूथ हो।
कम्पनीले यो नाम किन रोजेको हो भनेर केही नभनेपनि जिराफहरू उभिएर सुत्न सक्षम हुने भएको यस्लाई जिराफेनाप भनिएको हुनुपर्छ । तर जिराफहरु एक पटकमा केही मिनेट मात्र सुत्छन्, जसलाई हामी "झोप" भन्ने गर्छौं। "
उभिएर सुत्नु भनेको हाम्रो मानव शरीरको लागि डिजाइन गरिएको कुरा होइन, यद्यपि, जिराफेनपले थोरै बायोमेकानिकल सहायता प्रदान गर्दछ।
बुथ भित्र प्याडहरू र प्लेटफर्महरू छन् जस्ले टाउको, नितम्ब, पिन्डलहरू र खुट्टाको तलवहरूलाई समर्थन गरि निदाउन सहज बनाउने कम्पनील जनाएको छ।
जिराफेनपमा २० मिनेट सुतेपछि एकाग्रता र स्मरण क्षमता बढाउँदै थकान र तनाव कम गरेर मानसिक प्रदर्शन सुधार गर्ने डिजाइनरहरूको दावी छ।
Nescafé Harajuku ले पहिले एक कप कफी पिउन दिने र त्यसपछि पोडमा २० मिनेटको झ्याप लिने व्यवस्था गर्ने बताइएको छ।
जिराफेनप फ्युचरिस्टिक स्पेसिया र वुडी फरेस्ट गरि दुईवटा डिजाइनमा आउँनेछ । तर यिनिहरुको भित्री भाग उस्तै देखिनेछ।
कोयोजु प्लाइवुडले विशेषगरी कार्यस्थलका कर्मचारीहरूलाई मध्य-दिनको निद्रामा सुत्न अप्ठ्यारो हुने र भुईमा ओछ्यान लगाएर सम्भव नहुने भएकोले ती ठाउँमा समेत जिराफेनप राख्न पहल भइरहेको बताएको छ
Giraffenap डिसेम्बरको अन्त्यमा वा जनवरीको शुरुमा बिक्रीमा आउने छ। तर पोडहरू अगस्ट २२ देखि सेप्टेम्बर १७ सम्म Harajuku Nescafé मा हुनेछन्।
स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ ।
निद्रा गहिरो हुनुपर्छ । र, गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्छ । सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ ।
यस्ता सबै कुरालाई ध्यानमा राखेर Giraffenap निर्माण गरिएकोले छिट्टै सबैमाझ लोकप्रिय हुनेमा विश्वस्त रहेको कोयोजु प्लाइवुडले जनाएको छ।

.