जापानमा पौडी खेल्न गएका दुई नेपालीको डुबेर मृत्युु

२ साउन २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२ साउन २०८०, मङ्गलवार

टोकियो। जापानको यामागुची नदीमा डुबेर दुई नेपाली युवाको मृत्युु भएको छ।
यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थित इमाजु नदीमा पौडि खेल्ने क्रममा उनिहरुको डुबेर मृत्यु भएको हो।
पौडी खेल्न ४ जना गएका थिए। संगै पौडि खेलीरहेका २ जनाले साथीहरु बेपत्ता भएको भन्दै अपरान्ह करिब ४ः३० बजेको समयमा आपतकालिन् उद्दार सेवा(दमकल) लाई खबर गरेका थिए।
खबर पाए लगत्तै घटनास्थलमा पुगेको उद्दारकर्ताहरुले उनिहरुलाई अचेत अवस्थामा उद्दार गरि अस्पत्ताल लगिएको थियो। यद्यपी,अस्पत्ताल पुर्याए लगत्तै २ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
समाचारका अनुसार घटना स्थलमा पुगेका प्रहरी तथा उद्दारकर्ताहरुले ति दुबै जनालाई करबि २ मिटर गहिराईमा डुबेको अवस्थामा भेट्टाएको उद्दारकर्ताहरुले बताए।
मृत्युु हुनेमा २० देखि ३० पर्ष उमेर समूहका नेपाली नागरिक भएको बताईएको छ। ति नेपाली युवाहरुको विस्तृत विवरण भने खुलेको छैन।