निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका प्राविधिक कार्की खोलामा खसेर बेपत्ता

२९ असार २०८०, शुक्रवार रविता महत
रविता महत
२९ असार २०८०, शुक्रवार

दोलखा । निर्माणाधीन खिम्ती-२ जलविद्युत् आयोजनाका एक प्राविधिक कर्मचारी खोलामा खस्दा बेपत्ता भएका छन्।
दोलखा र रामेछापको सीमास्थित निर्माणधीन खिम्ती जलविद्युत आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा सब इन्जिनियर खोलामा खसेर बेपत्ता भएको हो।
बेपत्ता हुनेमा जिरी नगरपालिका वडा नम्बर - ४ का २२ वर्षीय कुशल कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
४८ दशमलव ८० मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा सब-ओभरसियर कार्की शुक्रबार दिउँसो बोक्सेको भीरबाट चिप्लिएर नदीमा खसेका थिए।
स्थानीय र प्रहरीले उनको गरिरहेको छ। तर निरन्तर वर्षाका कारण खिम्ती खोलाको बहाव बढ्दा खोजीकार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ।