प्रतिनिधि सभामा दुई वटा विधेयक पेस

२९ जेठ २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तत गरेका हुन् ।

 

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रश्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए । तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

 

अहिले विनियोजित विधेयकको विषयमा छलफल शुरु भएको छ।

.