बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु
सापोरो (क्योडो) : जापानको उत्तरी मुख्य टापु होक्काइडोमा आइतबार बस र ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
दक्षिणी होक्काइडोको याकुमोमा रुट ५ मा स्लो कर्भमा बिहान ११:५५ बजे दुर्घटना पछि बसमा सवार तीनजना सहित दुबै सवारीका पुरुष चालकहरूको मृत्यु भएको हो। अन्य १२ जना यात्रुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । बस बिहान सापोरोबाट दक्षिणी हाकोडातेतर्फ जाँदै गर्दा ट्रकसँग ठोकेर दुर्घटनामन परेको हो। बस सञ्चालक होकुटो कोत्सु इन्कका अनुसार दुर्घटनाको समय बसमा १५ यात्रु सवार थिए। ट्रकको अगाडिको भाग चकनाचुर भएको छ भने बसको ड्राइभर सिट वरपरको क्षेत्र पनि ठूलो क्षति भएको छ। सपोरोमा रहेको कम्पनीले बस चालक ६४ वर्षीय ताकायुकी कोजेन रहेको बताएको छ। जसलाई १५ वर्षको बस चलाउने अनुभव छ। कम्पनीले उसले कहिल्यै ठूलो दुर्घटना नगरेको र अघिल्लो दुई दिन बिदा भएको बताएको छ । "ट्रक चालक, ६५ वर्षीय अनुभवी थिए।" ट्रक मालिक निप्पोन क्लिन फार्म लिमिटेडले भने। गाडीले हाकोडेट वरपरका सुँगुरहरू याकुमोको बधशालामा लैजाँदै गरेको थियो। दुर्घटनामा करिब आधा दर्जन सुँगुर समेत मरेको छ।