अनुदानको मलमा दुरुपयोग भयो, किसान सचेत हुनुहोला : मन्त्री भुसाल
२९ जेठ २०८०, सोमवार
राम्रो पोष्ट



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
सोमवार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् । उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताए ।
किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह गर्दै उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशनसमेत दिए । भुसालले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताएका छन् ।