आइबारदेखि देशभरका माध्यमिक विद्यालयमा सुरु भएको कक्षा १२ को परीक्षामा एभरेस्ट इन्टरनेशनल स्कुल जापानका विद्यार्थीहरु पनि सहभागि भएका हुँन् ।

टोकियोबाट ३७ जना विद्यार्थीले दिइरहेका छन् कक्षा १२ को परीक्षा

२२ वैशाख २०८२, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ वैशाख २०८२, सोमवार

टोकिायो । नेपाल बाहिरको एक मात्र परीक्षा केन्द्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले कक्षा १२ को परीक्षा दिएका छन्।

आइबारदेखि देशभरका माध्यमिक विद्यालयमा सुरु भएको कक्षा १२ को परीक्षामा एभरेस्ट इन्टरनेशनल स्कुल जापानका विद्यार्थीहरु पनि सहभागि भएका हुँन् ।

नेपाल बाहिर रहेको एक मात्र माध्यमिक बिद्यालय एभरेस्ट इन्टरनेशनल स्कुलबाट यो बर्ष ३७ जना विद्यार्थीहरु सहभागी रहेको प्रधानाध्यापक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो।

सन २०१३ मा जापानको टोकियोस्थित ओगिकुबोमा १३ जना विद्यार्थीबाट सञ्चालनमा आएको यो विद्यालयको यो तेस्रो ब्याज हो । पहिलो ब्याजका २७ जना र दोस्रो व्याजका ३२ जना विद्यार्थीहरुले कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक सहित उतिर्ण भएका थिए।

ती विद्यार्थीहरु हाल जापान, अष्ट्रेलिया लगाएत विश्वका अन्य देशको विश्वविद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक भट्ट बताउनुहुन्छ।

नेपालको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्ध प्राप्त एभरेष्ट स्कुलका परिक्षार्थीहरुकालागि परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अघि अनलाइनमा प्रश्नपत्र आउने गर्छ ।

टोकियोस्थित नेपाली दूतावासको निगरानीमा केन्द्र अध्यक्षले उक्त प्रश्नपत्र प्रिन्ट गरि आवश्यक प्रक्रिया पुरा गरेर विद्यार्थीहरुलाई उपलब्ध गराइन्छ ।

दूताबासको निगरानीमा सञ्चालन हुने परीक्षा सकेलगत्तै उत्तरपुस्तिकामा लाहा छाप लगाएर भण्डारणका लागि मिगुरो स्थित नेपाली दुतावासमा पठाउने प्रावधान रहेको सह-प्रधानाध्यापक राजेन्द्र तामाङले जानकारी दिनुभयो। 

नेपाल सरकार र जापान सरकारको शिक्षा मन्त्रालयका साथै क्याम्ब्रिज विश्वविद्यालयबाट समेत सम्बन्धन प्राप्त यस बिद्यालयको कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराइन्छ ।

माध्यमिक तहसम्म अध्यापन गराइने यस विद्यालयमा हाल पाँच सय हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् ।

 

.