२७ माघ २०८२, मङ्गलवार

भर्खरै

राजदूत डा.सुवेदीको नेतृत्वमा जापान स्थित नेपाली राजदूतावासको प्रभावकारी सेव, ४ दिनमा १२ सय भन्दा बढिको पासपोर्ट नविकरण

टोकियोबाट टाढाको सेवाग्राहीहरुको समयको बचत र लाख भन्दाबढि खर्च हुने अवस्था हट्यो

राम्रो पोष्ट ८ माघ २०८१, मङ्गलवार
राजदूत डा.सुवेदीको नेतृत्वमा जापान स्थित नेपाली राजदूतावासको प्रभावकारी सेव, ४ दिनमा १२ सय भन्दा बढिको पासपोर्ट नविकरण

टोकियो । केहि समय अघिसम्म जापानको टोकियो स्थित नेपाली राजतदूतावासको सेवा औपचारिकतामै सिमित थियो।

जापानमा नेपाली विद्यार्थी तथा कामदारहरुको बढ्दो आकर्षण र जापान भित्रिने क्रम बढ्दै गर्दा दूतावासको ढिलासुस्ती सेवाले जापान स्थित नेपालीहरुमा कठिनाइ बढिरहेको थियो। जसका कारण दूतावासप्रतिको विश्वास घट्दो थियो भने सामाजिक सञ्जालमा रिस पोख्नेहरु बढिरहेका थिए।

तर पछिल्लो समय नेपाली दूतावासबाट प्रदान गरिने सेवासुविधाहरु छिटो छरितो हुन थालेको छ।

जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको नेतृत्वमा हालैका दिनहरूमा उल्लेख्य कामहरु भएको छ। 

दूतावासले यतिखेर जापानका नेपालीहरुको मुख्य समस्याको रुपमा रहेको पासपोर्ट नविकरण, अस्थायी अभिलेख, जन्म दर्ता र कागजात प्रमाणीकरण जस्ता सेवालाई प्रभावकारी बनाएको छ।

हाल दूतावासबाट पासपोर्ट नविकरण लगाएतका कामहरु सहजै नविकरण गरिरहेका छन् भने टोकियो बाहिरको नेपालिहरुलाई लक्षित गरि घुम्ति सिविरहरु सञ्चालन गर्दै आइरहेको छ। 

दूतावासद्वारा आयोजित घुम्ती सिविरहरुले नेपाली समुदायलाई धेरै राहत प्रदान गरेको छ।

हालै नागोया शहरमा आयोजित शिविरमार्फत एक हजार ४ सय बढी नेपालीले सेवा पाएका छन्।

नागोया शिविरमा १२३० राहदानी नविकरण, १०२ अस्थायी अभिलेख, १५ जन्म दर्ता, र २ कागजात प्रमाणीकरण भएका छन् । 

नागोयाको सिविरले जापानको जुनसुकै कुनामा रहेका नेपाली समुदायको सेवा पाउने पहुँचलाई सहज बनाएको छ।

पहिले दूतावासमा फोन कल नउठ्ने समस्या रहेपनि यतिखेर एकजना कर्मचारीलाई फोन उठाउने कामको लागि मात्रै खटाइएको राजदूत डा. दुर्गाबहादुर सुबेदीले बताउनुभयो।

नेपालीहरुको समस्यालाई मध्येनजर गरि आफू विदाको समयमा समेत नेपाली समुदायकै कामको लागि खटिने गरेको बताउँदै उहाँले भन्नुभयो ‘दूतावासले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफ्ना सेवाहरूको जानकारी दिने तथा समाधान गर्ने अभ्यासले सेवाग्राहीहरूलाई घरमै बसेर सेवा पाउने अवसर प्रदान गरेका छौँ।’ 

यसले टोकियोबाट टाढाको सेवाग्राहीहरुको समयको बचत र लाख भन्दाबढि खर्च हुने अवस्था हटेको भएको छ।

राजदूत सुवेदीको सरल र सहयोगी व्यक्तित्वले नेपालीहरुले समयमै भरपर्दो सवा पाएको छ भने धेरैले ‘सरल र सहज राजदूत’ को संज्ञा पनि दिन थालिएका छन्।

यसले जापान स्थित नेपालीहरुमा दूतावासप्रतिको विश्वास बलियो बनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट