जापान र क्यानडा प्राकृतिक ग्यास र ईभी ब्याट्री क्षेत्रमा थप सहयोग गर्ने सहमत

५ मंसिर २०८१, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
५ मंसिर २०८१, बुधवार

टोकियो-जापान र क्यानडाले विद्युतीय सवारी साधनको ब्याट्री र तरलीकृत प्राकेतिक ग्यासजस्ता क्षेत्रमा आर्थिक सम्बन्ध अझ प्रगाढ बनाउने भएको छ।

जी-ट्वान्टी (समुह २०) को दुई दिने शिखर सम्मेलनका लागि ब्राजिलको रियो दि जेनेरियोमा पुगेका जापानका प्रधानमन्त्री शिगेरु इशिबा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सोमबार यो सहमती भएको हो।

विश्वका दुई शक्तिशाली राष्ट्रका प्रधानमन्त्रीहरुबीच भएको पहिलो शिखर वार्तामा दुई देशबीच थप सुरक्षा सहयोग महत्वपूणर् रहेको पुष्टि भएको जापानी सरकारले जनाएको छ ।

जापान र क्यानडाले ईभी ब्याट्रीहरूको लागि आवश्यक कच्चा पदार्थहरुको आपूर्ति बलियो बनाउन खोजिरहेको समयमा यो सहमती भएको हो।

यस्ले संसाधन-धनी राष्ट्रले जापानी कार निर्माताहरूको लागि एक प्रमुख स्थानको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ।

करिब २५ मिनेट चलेको भेटवार्तामा जापान र क्यानडाका साथै जी-सेभेनका अन्य मुलुकले उत्तर कोरिया र चीनसँग सम्बन्धित विषयमा सहकार्य गर्नुपर्ने सहमति भएको थियो ।

त्यसैगरि क्यानडाले अर्को वर्ष जी-७ को आलोपालो अध्यक्षता गर्ने भएको छ ।

.