जापानमा ‘पूर्ण बहादुरको सारङ्गी’ नोभेम्बर ५ मा प्रदर्शन हुँदै
टोकियो। जापानमा नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आउने भएको छ। चलचित्र नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हलमा प्रदर्शन हुने भएको हो।
नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको यो फिल्मले चौतर्फी प्रशंसा पाइरहँदा जापानमा पनि प्रदर्शनमा ल्याएको भिजोनिया कम्पनिका सञ्चालक सुवास लामिछानेले बताए।
भिजोनियाले जापानमा ‘पूर्ण बहादुरको सारङ्गी’को आधिकारिक चलचित्र प्रदर्शनको अधिकार पाएको छ। त्यसैले यो कम्पनिले फिल्मलाई जापानभर प्रदर्शनमा ल्याउने बताइएको छ।
दर्शकको प्रतिक्रियाअनुसार पुर्ण बहादुरको सारङ्गीलाई अपेक्षा गरेभन्दा बढी रुचाएको छ। यो फिल्मको नेपालका पूर्वदेखि पश्चिमसम्मका शोहरू हाउसफुल भइरहेको छ।
त्यसैगरि फिल्मा समावेस ‘काँधेकुरी’,‘रैया चादीँको’ गीत टिकटक, युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको छ। यसै गीतबाट चर्चा बटुलेको फिल्म हलमा प्रदर्शन भएपछि भने कथा बस्तुले विभिन्न व्यक्तित्व र दर्शकहरुको राम्रो रिभ्यू पाईरहेको छ ।
फिल्ममा बाबु–छोराबीचको भावनात्मक सम्बन्धको कथा छ, जस्ले हरेकलाई भावनामा बाडेर रुवाँउछ । दशर्कले चलचित्रको तारिफ गर्दै फिल्मबाट अपेक्षा गरेभन्दा माथि रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
दर्शकहरुले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को खुलेर प्रशंसा गरिरहेका छन् भने चलचित्र हेरेर भावुक बनेकाहरुले आँसु पुछेको दृश्यसमेत सामाजिक संजालमा भेटिन्छ।