जापानमा देउसी–भैलो खेल्न गुल्मेली नौमति बाजा भजन तथा भैलो समुहले रोज्यो २८ तारिख
टोकियो। हालै सार्वजनिक तथ्याङ्क अनुसार जापानमा दुई लाख ६ हजार ८ सय ९८ जना नेपाली बसोबास गर्छन्।
जापानमा नेपालीहरुको संख्या बढेसंगै आपसमा मिलेर नेपालको धर्म, कला,संस्कृति समेत जापानमै भित्र्याउन थालेका छन्।
हालै दशै हर्षाेल्लासका साथ मनाएका जापानबासी नेपालीहरु नजिकिदै गरेको तिहार पर्व पनि मनाउने तरखरमा छन्।
जापानमा रहेका विभिन्न संघ, संस्था तथा समूहहरु यतिखेर विदाको समय मिलाएर एकआपसमा देउसी भैल कार्यक्रममा व्यस्त छन्।
यसै क्रममा गुल्मी मुसिकोट भेँडुवा देउसी भैलो समूह जापानले पनि देउसी भैलो कार्यक्रम राखेको गुल्मेली नौमति बाजा भजन तथा भैलो समुहका संयोजक इन्द्र थापाले जानकारी दिए।
अग्रजहरुको अनुकरण संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ सो समूहले आउदो २८ तारिख सोमबार सिन्जोकुको शिनओकुबो स्थित रोयल गार्डेन होटलमा देउसी भैलो कार्यक्रम हुनेछ।
कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुमा मनोरञ्जन दिनुका साथै नेपाफीहरुको धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धन हुने विश्वास गरिएको छ।
कार्यक्रममा गुल्मेली नौमति पञ्चेबाजा समूहको आकर्षक प्रस्तुति, विविध संस्कृति कार्यक्रम सहितको देउसी भैलो कार्यक्रम रहनेछ।
संयोजक थापाका अनुसार कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ।
देउसी
देउसी समुहमा मिलेर गाइने गीत हो । जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन ।
देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरूले देउसीरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो ।
यो गीत गाउँदा साधारणतया एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसुरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।