सन २०२६ को लागि डिभी खुल्यो, क्रियटिभ स्टुडियो चरिकोटबाट समेत भर्न सकिने

१७ असोज २०८१, बिहिवार भीमसेन श्रेष्ठ
भीमसेन श्रेष्ठ
१७ असोज २०८१, बिहिवार

चरिकोट । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने डाइभर्सिटी भिसा ईडिभि भर्ने समय खुलाएको छ। सन् २०२६ को इडिभि कार्यक्रमका लागि आवेदन फारम भर्न बुधबार राति बाट समय तोकोको छ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । आवेदनका लागि अमेरीकी राजदुतावासको आधिकारीक वेभसाईट dvprogram.state.gov मा गई आप्नो व्यक्तिगत विवरणहरु तथा फोटोको प्रक्रियाहरु पुरा गरी फारम भर्न सकिन्छ । फारम भर्नको लागि 2x2 साईजको सफा फोटो आफ्नो व्यक्तिगत विवरणहरु, विवाहित आवेदनको हकमा श्रीमान तथा श्रीमतीको नाम र बालबच्चा को नाम र फोटो समेत अनिवार्य समावेस गर्नुपर्ने हुन्छ । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।एउटा व्यक्तिले एउटा मात्र आवेदन दिन पाउनेछन् र एक भन्दा बढी आवेदन दिएमा उक्त आवेदन रद्ध हुनेछ ।डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । नेपालमा हरेक बर्ष करिब ४००० जना डिभीको विजेता हुने गरेका छन् । त्यसैगरि दोलखामा क्रियटिभ स्टुडियो चरिकोटले समेत डिभी भर्नको लागि सहयोग गरिरहेको छ। स्टुडियोले डिभी सम्बन्धी आवश्यक सल्लाह सुझाव तथा परामर्श समेत दिने गरेको छ । स्टुडियोबाट हालसम्म धेरै व्यक्तिहरु डिभी विजेता भएर संयुक्त राज्य अमेरीका प्रवेश गरीसकेका छन् ।