बागलुङको बडिगाड खोलामा मृत भेटिइन् १६ वर्षिया युवती

८ असोज २०८१, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
८ असोज २०८१, मङ्गलवार

काठमाडौं । बागलुङको बडिगाड खोलामा एक युवती मृत अवस्थामा भिटिएको छ।जिल्लाको बडिगाड गाउँपालिकास्थित बडिगाड खोलामा मंगलबार एक युवती मृत अवस्थामा भेटिएको हो। मृतक युवती ढोरपाटन-३ पुर्कोटकी १६ वर्षीया पवित्रा गिरी (झरना) रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए।युवतीलाई खोलाको बीचमा अड्किएको अवस्थामा फेला पारिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

.