‘रावायण’ नेपालमै राम्रो नचलेपछि विदेसमा फिल्म देखाउने लगानीकर्ताहरुलाई समस्या
टोकियो। प्रदर्शन अघि निकै हल्ला र प्रचार गरिएको महत्वाकांक्षी चलचित्र ‘रावायण’ को व्यापार सुस्ताएको छ। पूजा शर्मा निर्मित तथा सुदर्शन थापा निर्देशित करोडौं लगानीको चलचित्रमा तेस्रो दिनबाटै दर्शक आउन छाडेपछि नचल्ने बाटोमा देखिएको हो। निर्मात्री पूजा शर्माले मेकिङदेखि पब्लिसिटीसम्ममा खुलेर मिहिनेत गरेकै कारण शुक्रबार रिलिज हुनुअघि चलचित्रले राम्रै चर्चा बनाएको थियो । तर शुक्रबार र शनिबारनै चलचित्रले अपेक्षित दर्शक पाएनन्। केही हलहरुमा देखिएको दर्शकको सामान्य फ्लोलाई देखाएर दुई दिन हल्लाखल्ला गरिएको थियो ।चलचित्र निर्माण देखि प्रचारप्रसारको खर्चमा कुनै कञ्जुस्याईं नगरिए पनि चलचित्रको लगानी कति हो भन्ने सार्वजनिक गरिएको छैन्। यद्यपि साढे तीनदेखि चार करोडसम्म खर्च भएको हुनसक्ने अनुमान छ।पूजा र पलले हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार मात्र गरेनन्, हलबाहिर गाडीको हुटबाट टाउको निकालेर स्टारडमको प्रहसन समेत गरे । तर, तेस्रो दिनबाट हलहरुमा दर्शक आउन छाडेको छन् ।आइतबार चलचित्रको व्यापार दयनीय रहेको सिनेमा हलहरुको अकुपेन्सीबाट देखिन्छ । अधिकांश मल्टिप्लेक्सहरुमा बुकिङ न्यून थियो ।पहिलो हप्ता नै यसरी सिथिल भएपछि ‘रावायण’ ले हलबाट लगानी उठाउन असम्भवप्राय देखिन्छ ।इनिसियल कमजोर रहेको चलचित्रले कहिलेकाहीँ माउथ पब्लिसिटीको बलमा रिकभरि लिन सक्छन् । तर, यो फिल्मको माउथ पब्लिसिटी पनि कमजोर छ ।नेपाली मौलिकता कतै पनि नभेटिने चलचित्रलाई बढीभन्दा बढी हिंस्रक बनाउन खोजिएकै कारण दर्शकले फिल्म हेर्न नचाहेको हुन सक्छ। फिल्मा कतिपय संवाद र दृष्यहरु भारतीय र दक्षिण भारतीय फिल्मबाट सिधै कपी गरिएको जस्तो देखिन्छ। गीतहरुमा समेत नेपालीपन छैन। दक्षिण भारतीय चलचित्रको अन्धनक्कलले ‘रामायण’ नचलेको सहज विश्लेषण गर्न सकिन्छ । निर्माण पक्षले तीन दिनमा ग्रस कलेक्सन कति भयो भन्ने सार्वजनिक गर्न सकेको छैन । सुदर्शन थापा एक सक्षम निर्देशक हुन् । विगतमा थुप्रै चलचित्रबाट उनले आफूलाई प्रमाणित गरिसकेका छन्। तर रामायणले उनलाई समस्यामा पार्ने निश्चित भएको छ। देसमै फिल्म फ्लप हुने बाटोमा पुगेपछि विदेशमा समेत फिल्मको भविष्य राम्रो देखिएको छैन्। जापानमा पल र पुजालाई ल्याएर फिल्म देखाउने भन्दै हल्ला गरिरहेका छन् । तर नेपालमै फ्लपको बाटो रोजेको फिल्मबाट दर्शक बटुल्न वितरकलाई त्यति सहज भने छैन्।‘रावायण’ को विजनेस अभिनेता पल शाहका लागि पनि उत्तिकै महत्वपूर्ण थियो । यो उनी जेलबाट निस्केपछि एकल हिरोको रूपमा पहिलो फिल्म हो । तर, पल शाहका हार्डकोर फ्यानहरु समेत चलचित्रबाट निराश बनेका छन्। जापानमा केही महिना अघि पल शाहको उपस्थितिमा करिब २ हजार दर्शकले एकैपटक पुजार सार्की फिल्म हेरेर रेकर्ड तोडेको थियो। यसो हुनुमा पुजार सार्कीको माउथ पब्लिसिटी बलियो थियो।