मंगलबार टोकियोको नाकानो हलमा गायक प्रताप दास सहितका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति हुँदै

१७ भदौ २०८१, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ भदौ २०८१, सोमवार

जापान । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ‘तीज सांगीतिक फेष्टिवल २०२४’ कार्यक्रमको तयारी पुरा भएको छ । नेपाल जापान कल्चरल सोसाईटी र एकता कलेक्शन जापानको संयुक्त आयोजनामा सेप्टेम्बर ३ तारिख मंगलबार टोकियोमा हुने सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको हो। नेपालका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगार्थ आयोजीत तीज सांगीतिक कार्यक्रमका लागि सबै कलाकारहरु जापान आएसंगै तयारी पुरा भएको एकता कलेक्शन जापानका सीईओ तेज थिंगले जानकारी दिए । जापानमा अध्ययन,पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले आइपुगेका नेपाली नारीहरुलाई तीजको अवसरमा परदेशमै तीजको तिर्सना मेटाउने प्रयास स्वरुप कार्यक्रम गर्न लागिएको हो। कार्यक्रमबाट विशेष गरि महिला तथा विद्यार्थीहरुले मनोरञ्जनका साथै नेपाली संस्कृतिको संरक्षणमा टेवा पुग्ने अपेक्ष गरिएको छ। कार्यक्रम भोली मंगलबार टोकियोको नाकानो जिरो हलमा साँझ ६ बजेबाट १० बजेसम्म हुने नेपाल जापान कल्चरल सोसाईटीका अध्यक्ष हरिलाल श्रेष्ठले बताए। कार्यक्रमा नेपालबाट चर्चित गायक प्रताब दास, लोक दोहोरी गायिका उमा श्रेष्ठ, गायक कुमार कार्की र हास्यकलाकार अनिता बस्नेत(मास्टनी)ले प्रस्तुति दिनेछन्। त्यसैगरि जापानमै रहेकी डांसर कामना मगर, दीपा थापा मगर लगाएतका स्थानीय कलाकारको समेत सांगितिक प्रस्तुती रहेको आयोजकले जनाएको छ । नर्मल टिकट ः–२,००० येन, विद्यार्थी टिकट ः १,००० येन

Program Venue

Date : 3 September 2024

Time : 5:30PM Onwards (Japan)

Adress: Nakano Zero Hall

2-9-7 Nakano, Nakano City, Tokyo

Contact: 080-6655-6877, 070-7470-7931, 080-7741-6444

 

 

 

.