दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण पाख्रीनको उम्मेदवारी
चरिकोट । दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्षमा चर्चित निर्माण व्यवसायी कृष्ण पाख्रीनले उम्मेदवारी दर्ता गराएका छन्
वैशाख २९ गते शनिवार हुने संघको ८ औं जिल्ला अधिवेशन तथा निर्वाचनका लागि पाख्रीनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुँन। उनले गत चैत ७ गते मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्षका उम्मेदवार पाख्रीनले निर्माण व्यवसायी संघमा ठूला र साना व्यवसायीबीच विभेद खडा नगरी सबैलाई मिलाएर अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए।
‘संघलाई एकतावद्ध बनाउन र सबै व्यवसायीमैत्री नीति, नियम बनाउन पहल गर्न पनि बलियो नेतृत्व आवश्यक छ उनले भने ।’
करिब ३० वर्षदेखि निर्माण व्यवसायमा लागेका पाख्रिन दोलखाका पुरानो र इमान्दार निर्माण व्यवसायी हुन्।
महागौरी गणेश निर्माण प्रालिका प्रवन्धक निर्देशक रहेका उनि २०५१ सालमा लाइसेन्स लिएर निर्माण व्यवसायमा लागेका हुँन्।
उनले हालसम्म जिल्ला भित्र र बाहिरका धेरै महत्त्वपूर्ण योजनहरुको काम समयमै सम्पन्न गरि धेरैपटक सम्मानित समेत भएका छन्।
एक सय ८९ जना सदस्य रहेको निर्माण व्यवसायी संघ दोलखाको निर्बाचन शनिबार चरिकोट स्थित सीमपानी हलमा हुँदै छ। मतदान बिहान ८ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ।