सबैलाई हसाउने भेलु बाजे रहेनन्

२० वैशाख २०८१, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२० वैशाख २०८१, बिहिवार

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ। केही महिना अघी पनि उनी काठमाडौं उपचार गराएर प्युठान फर्केका थिए ।
उनलाई सहयोग गर्नेहरु थपिङ्गदै गएका छन्। पत्नी वियोगमा परेका उनको दैनिक जीविका सहज बनाउनका लागि सहयोग गर्नेहरु भेटिएका हुन्। 
स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानका युवा नेता भरत राउतले भेलुबाजेका लागि सहयोग अभियान चलाएका छन्। हालसम्म १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटिसकेको राउतले जानकारी दिए।