रुसी सेनामा भर्ना भएका नेपाली युवाहरु धमाधम मारिदै : फेरि ७ जना नेपाली मारिए

१ चैत २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ चैत २०८०, बिहिवार

काठमाडौं । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।