८ जनाको मृत्यु र ९ जना घाइते हुने गरि भएको बोलेरो दुर्घटनाको कारण 'क्षमता भन्दा बढि यात्रु'

१ चैत २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ चैत २०८०, बिहिवार

काठमाडौं । उदयपुरमा भएको बोलेरो दुर्घटनामा आठ जनाको मृत्युु भएको छ भने नौजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार को १ ज २५९३ नम्बरको जिप बिहीबार ११ बजेको समयमा दुर्घटनामा पर्दा घटनास्थलमै सात र उपचारको क्रममा एकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुर हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया की पर्वतमाया राई, सोही स्थानका २३ वर्षीय चन्द्रप्रकाश राई र उनका ६ महिने छोरा डिसाङ राई, भोजपुर हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुर हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, सुनसरी इटहरी बस्ने ४५ वर्षीय कमल अधिकारी र भोजपुर हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राई छन्। मृतक किसानको मृत्यु उपचारको क्रममा भएको थियो।
धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै गरेका बोलेरो
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट खसेको थियो।
जिप सडकबाट दुई सय मिटर तल झरी दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा १७ जना सवार थिए।
बाकी ९ जना घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटनामा भएको प्रहरीको प्रारम्भिक अनुमान छ।