अवैध रुपमा सामान ल्याएको भन्दै सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार : ७ घाइते, एकको अवस्था गम्भीर

१९ फागुन २०८०, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
१९ फागुन २०८०, शनिवार

काठमाडौं । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गरेका स्थानीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको छ।
झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप शुक्रबार बेलुका झडप भएको हो।
दोहोर झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको छ।झडपमा सशस्त्र प्रहरीका सवारी चालक समेत घाइते भएको र उनको अवस्था गम्भिर रहेको बताइएको छ।
प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा उत्रिएका सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ ।
उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
धारिलो हतियार प्रहारबाट दीपक बतार, दीपा बातर, हरि बातर, विषेश राजवंशी, आनह यादव, मिलन चापागाईं घाइते भएका छन् । उनिहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसंग स्थानीयको झडप भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।