सुसाइड नोट र सिसि टिभी फुटेजले शालिनले आत्माहत्या गरेको पुष्टि गर्ला त?

१८ फागुन २०८०, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
१८ फागुन २०८०, शुक्रवार

काठमाडौं । रत्ननगर नगरपालिका १० को एकता शिशु निकेतनको छात्राबासभित्र मृत भेटिएकी बालिका शालिन पोखरेलले आत्माहत्या गरेको भन्ने आशंका बढेको छ।
उनका परिवार तथा आफन्तले बलत्कारपछि हत्या भएको आरोप लगाइरहेको अवस्थामा प्रहरीको अनुसन्धानले भने आत्महत्याकै संकेत गरेको छ ।
चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट समेत बरामद गरेको छ। सुसाइड नोटमा "एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ, मम्मीबाबालाई सम्झिएको छ भनिदिनु" भनी लेखिएको छ। सुसाइड नोट परीक्षणको लागि पठाउने तयारी गरिएको बताइएको छ।
त्यसैगरी प्रहरीले विद्यालयकै सीसी क्यामराको फुटेज पनि हेरेको र।फुटेजमा उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको अनुसन्धानमा प्रहरी अधिकृत बताउँछन् ।
दुई वर्षअघि उक्त विद्यालय भर्ना भएकी शालिन मृत भेटिनु केहि समय अघि आफ्ना मिल्ने दुई साथीसँग करेन्ट चाउचाउ खाने सल्लाह समेत भएको खुल्न आएको छ ।
जुन साथीले चाउचाउ खाउँ भनेकी थिइन्, उनको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि चाउचाउको खोजी भएको थियो।
साथीको बाकसमा चाउचाउ नभेटिएपछि उनले सोही छात्राबासमा बस्ने आफ्नो भाइलाई पनि सोधेको र भाइले लगेको छैन भनेर सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा भेटिएको बयान उनीहरुले प्रहरीलाई दिएका छन् ।
त्यसपछि सबैको सल्लाहमा सो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
तर, दुई जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किइन् । त्यसपछि ढोका खुलेन । होस्टल वार्डेनलाई उनीहरुले खबर गरे । त्यसपछि ढोका फोर्दा झुण्डिएको अवस्थामा भेटिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।