फागुन लागेपछि जापान जाने विद्यार्थीको संख्या सबैभन्दा बढि: तीन हजार ६८ जनाले लिए एनओसी

-thumb_840_560.jpg)

काठमाडौं । फागुन लागेपछि जापान पढ्न जाने बिद्यार्थीको संख्या बढेको छ।
यसअघि अष्ट्रेलिया, क्यानडा रोज्ने गरेका बिद्यार्थीहरुले फागुन लागेपछि भने जापान रोज्न थालेको हो।
उच्चशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार फागुनको दोस्रो हप्तासम्म जापानका लागि तीन हजार ६८ जनाले एनओसी लिएका छन् ।
सोही अवधिमा क्यानडामा ३४३, युकेमा २९३, अस्ट्रेलियामा २८४, कोरियामा १०६, युएसएमा ९२ लगायत गरी चार हजार ६१४ जनाले एनओसी लिएका छन् ।
जापान विश्वको चौथो ठुलो अर्थतन्त्र भएको देश हो।घट्दो जन्मदरका कारण कोरोनापछि जापानको उद्योग धन्दाले कामदारको अभाव खेपिरहेको छ।
कामदारका लागि एसएस डब्लू भिषा दिनेदेखि आप्रवासीप्रति लचिलो बनेको जापनमा हाल नेपाल चीन, भियतनाम, फिलिपिन्स, भारत, बंगलादेश लगाएतका विद्यार्थीहरु आकर्षित हुन थालेको छ।
एसएस डब्लु कुक तथा अन्य रोजगारी भिषामा आएका भन्दा विद्यार्थी भिषामा जापान आउनेहरुले तोकेको मापदण्ड पुर्याए पिआर र पासपोर्ट समेत सहजै पाउने व्यवस्था छ ।