मकैबारीबाट ७१ किलो गाँजा बरामद
१६ फागुन २०८०, बुधवार
राम्रो पोष्ट



काठमाडौं। सुनसरीको कप्तानगन्जबाट सशस्त्र प्रहरीले ७१ किलो गाँजा बरामद गरेको छ ।
मंगलबार राति ९ बजेको समयमा देवानगन्ज गाँउपालिका–४ यादवटोलस्थित दशगजा नजिकै मकैबारीबाट सो परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीको नम्बर ४ गण मातहतको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्जले लुकिछिपि दुईजनाले दुईवटा बोरा टाउकोमा बोकेर भारततर्फ लैजादै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।
सशस्त्रको टोली देख्ने बित्तिकै दुबै जना बोरा छोडेर भारततर्फ भागेका छन् ।
बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगन्ज बुझाएको सशस्त्र प्रहरी बलले जानकारी दिए।