एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी

२५ माघ २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२५ माघ २०८०, बिहिवार
दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाको अध्यक्षमा पुनः नर बहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
अध्यक्षका प्रत्यासी ईश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पछाडि पार्दै श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ३३३ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पोखरेलले २३८ र दुलालले ३८ मतप्राप्त गरेका छन्।
यसअघिको ९औँ जिल्ला अधिवेशनमा श्रेष्ठले ५०९ मत प्राप्त गरि निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी भरत दुलालले २८४ मत प्राप्त गरेका थिए।
निर्वाचनको क्रममा दुई कित्तामा विभाजित दोलखा एमालेमा श्रेष्ठलाई पार्टीको पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङको समर्थन रहेको थियो भने पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेलको समर्थन रहेको थियो ।
ईश्वरचन्द्र पोखरेल यस अघि दुई पटक पार्टीको प्रमुख भइसकेका छन् ।
१० औँ अधिवेशनबाट नर श्रेष्ठ प्यानलका राजेन्द्र मानन्धर उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ३३६ मत प्राप्त गरेको निर्वाचिन मण्डले जानकारी दिए।
उनका प्रत्यासी हिरा थोकरले २६३ मत प्राप्त गरेका थिए ।
९ औँ अधिवेशनमा मानन्धरले २७४ प्राप्त गरेर उपाध्यक्षमा निर्वार्चित भएका थिए।
सोयम बहादुर खड्का ३०४ मत प्राप्त गरि सचिवमा निवार्चित भएका छन् भने उनका प्रतिस्पर्धी कृष्ण बस्नेतले २८४ मत प्राप्त गरेका थिए ।
पोखरेलको प्यानलबाट उम्मेदवार बनेका कृष्ण बस्नेत २० मतान्तरले पछि परेको हो । त्यसैगरि पोखरेल प्यानलका हरि ओलीले १६१ मत प्राप्त गरि पुरुष खुल्ला उप सचिवमा निर्वाचित भएका छन् । उनका प्रत्यासीहरु श्रेष्ठ प्यानलका ईश्वर न्यौपाने ११४ मत प्राप्त गरेका छन्। त्यसैगरि टपिन्द्र खड्का ७२, विदुर शर्मा १४५ र धनबहादुर तामाङले ६४ मत प्राप्त गरेका छन् ।
उप सचिव महिला खुल्ला तर्फ श्रेष्ठ प्यानलको कमला बस्नेत २७७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।
उनका प्रतिस्पर्धी पोखरेल प्यानलका मेनुका सुवेदीले १९५ मत प्राप्त गरेका छन् । गोमा केसी ७१ र सीता केसीले ३४ मत प्राप्त गरेका छन् ।
अधिवेशनमा पार्टीको भूगोल तथा विभिन्न क्षेत्रबाट ६ सय २६ प्रतिनिधि चुनिएर आएकोमा ६ सय १४ मत खसेको थियो । खसेको मतमा पाँच सय ८४ मत सदर भएको थियो।
 
Like
 
 
 
Comment