सोयम बहादुर खड्काद्वारा सचिव पदमा उम्मेदवारी घोषणा



दोलखा । नेकपा एमाले दोलखाको सचिवमा सोयम बहादुर खड्काले उम्मेदवारी घोषणा गर्नु भएको छ । सदरमुकाम चरिकोटमा भैइरहेको एमालेको १०औं अधिवेशनमा खड्काले सचिव पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खड्काले राजनितिक प्रारम्भ २०३६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट शुरूवात गर्नु भएको थियो। पाँच दशकदेखिको राजनीतिक जिवनमा उहाँले विभिन्न संगठनमा रहि पार्टी निर्माण र नेतृत्व गरिसक्नु भएको छ । २०४४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा काम गर्दै तत्कालीन पार्टी इलाका एकको सहसचिव र नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको सदस्यमा दुई कार्यकाल काम गरेको अनुभव खड्कासंग छ ।
त्यसैगरी, खड्का २०६७ मा नेकपा एमाले साबिक सुरी गाबिसको पार्टी अध्यक्ष हुँदै सातौ र आठौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट गौरीशंकर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस पश्चात नवौं जिल्ला अधिबेशनबाट पुनः जिल्ला कमिटी सदस्य हुदै पालिका इन्चार्जको जिम्मेवारी समालेका थिए ।
खड्काले लामो समय शिक्षक पेशा हुदै द्वन्दकालमा समेत पार्टी निर्माण र विभिन्न संघसंस्थाको नेतृत्व गरी सक्नुभएको छ । त्यसकारण उनले १०औ जिल्ला अधिबेशनमा सचिब पदका लागि उम्मेदवारी दिनुभएको हो । उनका अनुसार अहिलेको राजनीतिक विषम परिस्थितिमा पार्टी सुदृढीकरण, शुद्धीकरण, संगठन निर्माण र एकताबद्ध नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । खड्काले सर्वसम्मत हुने र संगठन बन्ने अवस्थामा आफू सहमतिको बाधक नबन्ने पनि बताउनु भयो । यदि सहमति नभएको अवस्थामा आफू सचिब पदको उम्मेदवार भएको पनि प्रष्ट पार्नु भयो ।
एमालेको सोमबार उद्धघाटन भएको १०औं जिल्ला अधिवेशनका आजदेखि बन्द शत्र सुरुभएको छ । बुधाबार नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।