पानी पिउने सही तरिकाले हुन सक्छन् यस्ता फाइदा



शनिबार, २७ जेठ २०८०
काठमाडौं । पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो । के तपाइलाई यो थाहा छ ? दैनिक बिहान बासी मुखमा पानी पिउनाले हाम्रो मुखमा एक किसिमको राल हुन्छ, त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ। राल मुखमा बन्ने यस्तो पदार्थ हो, जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ।
पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाको रोगलार्इ पनि हतपत लाग्न दिँदैन् भने विभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउन पनि धेरै ठूलो सहायता गर्छ । यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाईं पनि अचम्ममा पर्न सक्नु हुनेछ। पानी पिउने सही तरीकाले मात्र पनि हामीलाई स्वस्थ राख्न मद्दत गर्न सक्दछ। आउनुहोस् जानौं पानी कुन समयमा कति मात्रामा पिउने ?
बिहान बासी मुखमा पानी पिउनुका फाइदा
१. बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीरभित्रका अंगहरु सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्छ।
२. बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुको पनि सफा हुने काम हुन्छ ।
३.पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ।
४.पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्दत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मद्दत गर्दछ।
५.सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा पुग्दछ। यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याकबाट पनि जोगाउँछ।
६.नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस् जसले हाइ ब्लडप्रेसरलाई कन्ट्रोल गर्न मद्दत गर्छ ।
७. साँझको खानाभन्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिने हुनाले धेरै खानाको जरुरत पर्दैन । जसले शरीर मोटाउनबाट जोगाउछ।
८.यदि तपाईं तनावमा पर्नु भयो भने तत्काल १ गिलास पानी पिउनुहोस् । यसले दिमागलाई शान्त राख्न मद्दत गर्छ । तनाव पनि कम हुन्छ। पानी पिउने नियममा सुधार गर्ने हो भने यसबाट हुने फाइदा पनि मिल्न थाल्दछ। जसले गर्दा आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सकिनेछ।