जापानको पासपोर्ट २०२४ मा पनि नम्बर एक शक्तिशाली, अष्ट्रेलिया छैठौं, अमेरिका सातौंमा



टोकियो। राहदानीको सूचिमा जापान फेरिपनि पहिलो नम्बरमा परेको छ। जापान बाहेक फ्रान्स, जर्मनी, इटाली, सिंगापुर र स्पेन पनि पहिलो नम्बरमा पर्न सफल भएको छ।
हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्ट भएको यी ६ देशका नागरिकहरुले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन्।
तेसैगरी अधिकांश नेपालीको रोजाइमा पर्ने अस्ट्रेलियाको पासपोर्ट छैठौं स्थानमा परेको छ। यो पासपोर्ट हुनेहरुले १८९ देशमा प्रिभिसा बिनै प्रवेश पाउँछ ।
विश्वको शक्तिशाली मुलुक अमेरिकाको पासपोर्ट सातौँ शक्तिशालीमा परेको छ। क्यानाडा, हंगेरी पनि सातौंमै परेको छ। यो पासपोर्ट हुनेहरुले १८८ मुलुकमा प्रिभिसा बिना नै प्रवेश पाउँछ ।
८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ। नेपाल सूचीको ९८औं स्थानमा रहेको छ।नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ। दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।
सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ।
विश्वका १० शक्तिशाली पासपोर्ट:
१. जापान,फ्रान्स, जर्मनी, इटाली, सिंगापुर, स्पेन (अंक: १९४)
२. फिनल्याण्ड, दक्षिण कोरिया, स्वीडेन (स्कोर: १९३)
३.अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, नेदरल्यान्ड्स (स्कोर: १९२)
४. बेल्जियम, लक्जमबर्ग, नर्वे, पोर्चुगल, युनाइटेड किंगडम (स्कोर: १९१)
५. ग्रीस, माल्टा, स्विजरल्याण्ड (स्कोर: १९०)
६.अष्ट्रेलिया, चेकिया, न्युजिल्याण्ड, पोल्याण्ड (स्कोर: १८९)
७. क्यानाडा, हंगेरी, संयुक्त राज्य अमेरिका (स्कोर: १८८)
८.इस्टोनिया, लिथुआनिया (अंक: १८७)
९.लाटभिया, स्लोभाकिया, स्लोभेनिया (अंक: १८६)
१०. आइसल्याण्ड (स्कोर: १) १८५