एमाले बागमती प्रदेश कमिटी उप-सचिव पदका लागि डबल पाण्डेको उम्मेदवारी

११ असोज २०८०, बिहिवार राम्रो पोष्ट
राम्रो पोष्ट
११ असोज २०८०, बिहिवार

दोलखा। नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश अधिवेशनमा डबल पाण्डेले उप-सचिव पदका लागि उम्मेदवारी दिएका छन्।
पार्टी कार्यालय च्यासलमा अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ र केशरबहादुर बुढाथोकीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइरहँदा दोलखाका पाण्डेले उपसचिवमा उम्मेदवारी दर्ता गराएका हुँन्।
दोलखा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख पाण्डे अहिले पार्टीको प्रदेश सचिवालय सदस्य छ्न् । ३१ वर्षसम्म लगातार जिल्ला कमिटीमा रहेर उनले ९ वर्ष उपसचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
पार्टीले तय गरेको मिसन- ८४ को लक्ष्य पूरा गर्नका लागि वागमतीमा एमालेको साख फर्काएर एकतावद्द र गतिशील पार्टी निर्माणका लागि उम्मेदवारी दिएको पाण्डेले बताए ।
डबल पाण्डे:
२०३९-२०४३ सम्म ५ वर्ष नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु मा कृयाशिल।
२०४४-२०४७ सम्म ४ वर्ष नेकपा माले को इलाका कमिटीमा कृयाशिल।
२०४७ - ३०६९ सम्म २२ वर्ष नेकपा एमाले दोलखा दोलखा जिल्ला कमिटी सदस्य भै परिभाषित जिम्मेवारी कुशलतापुर्वक पूरा गरेको ।
२०७०-२०७८ सम्म ९ वर्ष नेकपा एमाले दोलखाको पदाधिकारी (उप-सचिव) को जिम्मेवारी पूरा गएएको ।
२०७४-२०७९ सम्म वर्ष निर्वाचित जनप्रतिनिधि (जिसस-प्रमुख) भै उत्कृष्ट भूमिका खेलेको ।
२०७८ सालदेखि हालसम्म नेकपा एमाले बाग्मती प्रदेश कमिटीमा सङ्गठित भै कार्य गर्दै रहेको पाण्डेले दोलखामा भएका सबै तहका निर्वाचनहरुमा निर्वाचन कमान्डरको भूमिका निर्वाह गरि पार्टीलाई बिजयी बनाउन सफल भएको थिए।
दोलखा कालिञ्चोक गाउँपालिका स्थायी घर भएका पाण्डे कार्यकारी, सन्वयकारी भूमिका निर्वाह गर्ने कुशल सङ्गठकको रुपमा चिरपरिचित छन्।