भारत-पाकिस्तानको खेल रद्ध भएसंगै नेपाल सुपर फोरमा पर्ने सम्भावना बढ्यो

१७ भदौ २०८०, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
१७ भदौ २०८०, आइतवार

एजेन्सी –जारी एसिया कपमा पाकिस्तानले सुपर फोरमा स्थान बनाएको छ। शनिबार भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान बनाएको हो ।
समूह चरणको खेलमा पाकिस्तानले जितको लागि २सय ६७ रनको विजयी लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो इनिङमा वर्षाको कारण ब्याटिङ गर्न पाएन ।
दुबै टोलीले १-१ अंक बाँडेका छन् । त्यसैको कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।
अव सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । यदि नेपालले जादुमयी प्रदर्शनका साथ भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो।
भारतका उपकप्तान हार्दिक पान्ड्याले ९० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिएका थिए । युवा विकेटकिपर ईशान किशनले ८१ बलमा ९ चौका र २ छक्कासहित ८२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
एक समय १४.१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई ईशान किशन र हार्दिक पान्ड्याले पाँचौं विकेटका लागि १ सय ३८ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।
भारतका प्रमुख चार ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मालाई ११ रनमा बोल्ड आउट गरेका थिए । प्रमुख ब्याटर विराट कोहली अफ्रिदीको सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट हुन पुगेका थिए । कोहली ब्याटरमा एज लाग्दै बोल्ड हुन पुगे ।
हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट
हार्दिक पान्ड्या अफ्रिदीको ४४ औं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा क्याच आउट हुन पुगे । त्यसपछि भने भारतले लगातार विकेट गुमाएको थियो ।