‘शिक्षकको तलब मासिक रुपमै’: मेयर केसी

873

दोलखा। चौमासिक रुपमा तलब बुझ्दै आएका भिमेश्वर नगरपालिका शिक्षकहरुले आउदो आर्थिक बर्ष देखि मासिक रुपमै तलब पाउने भएका  छन्।
चौमासिक तलब खुवाउँदा शिक्षकको मनोविज्ञानमा असर पुगेको मात्र नभएर शिक्षण सिकाइमा पनि असर पुगेको भन्दै नगर प्रमुख भरत केसीले नगरपालिकामा कार्यरत शिक्षकहरुलाई मासिक तलब दिने घोषणा गरेका छन्।
आज नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाको आयोजनामा भएको आन्दोलनको ज्ञापनपत्र बुझ्दै मेयर केसीले शिक्षाको क्वालिटिमा कम्प्रमाईज नहुने बताउदै सम्पूर्ण सेवा सुविधा प्रदान गर्न तयार रहेको बताए।
गुणस्तरिय शिक्षा हासिल गर्न गराउन शिक्षक –बिद्यार्थीलाई कुनै कुराको अपुग नपार्ने प्रतिबद्धता समेत केसीले जाहेर गरे।
बालकक्षामा अध्यापन गराउने शिक्षकलाई बिद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बाबुनानीहरुलाई दिवा खाजाको समेत ब्यबस्था गर्ने तयारी गरिरहेको मेयर केसीले जानकारी दिए। “सबै क्रमिक रुपमा हुन्छ” उनले भने,”प्रथामिक तहसम्म सबैलाई दिवा खाजामा सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेका छौँ।”
बिद्यालय पोशाक एकरुपता अभियानमा सामुदायिक  विद्यालयमामा अध्ययनरत प्रथामिक तहका सबै बिधार्थीलाई ट्रयाकसुट खरिद गर्दा ३० लाख खर्च भएको समेत केसीले जानकारी दिए।
भीमेश्वर नगर भित्रका १० वटा सामुदायिक विद्यालयमा बिद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले विद्यालय मर्ज गर्न अन्तिम तयारी भइरहेको बताउदै मेयर केसीले भने, “मर्ज हुदा केही शिक्षकलाई घर पायक र केहीलाई टाढा पर्न सक्छ त्यसमा चित बुझाउनु पर्छ।”
नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दहाल, नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका सचिव ध्रुब सापकोटा, नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका सह अध्यक्ष इन्द्रकुमार बस्नेतद्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा शिक्षकका पेशागत हक अधिकार सुरक्षित गर्दै शैक्षिक गतिबिधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँद्धे मागहरु पेश गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here