वियरमा ३० प्रतिशत बढाइयो, रक्सी र चुरोटमा २० प्रतिशत मात्रै

काठमाडौं।सरकारले चुरोट र रक्सी भन्दा कम अल्कोहल हुने वियरमा अन्तशुल्क धेरैले बढाएको छ।
चुरोट र रक्सीमा २० प्रतिशत मात्रै अन्तशुल्क बढाएको छ जवकी वियरमा ३० प्रतिशतले अन्तशुल्क वृद्धि गरिएको छ। वियरमा अब प्रतिलिटर १ सय ५० रुपैयाँ अन्तशुल्क लाग्नेछ।यसअघि १ सय १५ रुपैयाँ मात्रै लाग्थ्यो। पछिल्लो समयमा वियर बजारमा ठूला उद्योग आएका थिए। दुर्इ ठूला उद्योग आएपछि बजार भाइब्रेन्ट भएका बेला सरकारले वियरमा ३० प्रतिशत अन्तशुल्क बढाएको हो।
‘चुरोट र रक्सी भन्दा वियर कसरी बढी नकारात्मक भयो बुझ्नै सकिएन’ एक वियर उत्पादकले भने, मदिरा, चुरोट लगायतका वस्तुमा करको दर बढाउनु सामान्य भएपनि वियरलार्इ बढी करको दर निर्धारण गर्नु हास्यास्यपद छ।‘ अन्तर्राष्ट्रिय अभ्यासमा समेत वियरमा कम कर र अरु मदिरामा बढी कर लगाउने गरिन्छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here