निता राउत फाउन्डेसनद्वारा अभिभावक गुमाएका सुशीललाई सहयोग

837

चरिकोट। निता राउत फाउन्डेसनले अभिभावक गुमाएका सुशील बस्याललाई शैक्षिक सामाग्री सहयोग गरेको छ।
तामाकोसी गाउँपालिका वडा नम्बर-३स्थित हिमालयन स्प्रीट एकेडेमी स्कुलमा कक्षा ३ मा अध्ययनरत १२ वर्षे बस्याललाई सोमबार एक कार्यक्रमका माझ सामाग्री प्रदान गरेको हो।
एक वर्ष अघि पिता गुमाएका उनलाई फाउन्डेसनले स्कूल झोला, पुस्तक, एक बर्ष सम्म पुग्ने कपि, पेन्सिल दिएको अध्यक्ष नीता राउतले जानकारी दिईन। उनका अनुसार बालकलाई एक वर्षसम्म खाजाको व्यवस्था समेत फाउन्डेसनले गर्नेछ।
आर्थिक अवस्था कमजोर रहेको सुशीलको बुबाको गत बर्ष फागुनमा रुख काट्ने क्रममा रुखले किचेर मृत्यो भएको थियो।
सहयोग वितरण कार्यक्रममा युवा समाजसेवी प्रचण्ड दिप कार्की, बिद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, बिध्यार्थी र युवा समाजसेवी प्रचण्ड दिप कार्की लगायतको उपस्थिति थियो।
यस अघि पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गर्दै आएका फाउन्डेसनले यो बर्ष विशेष गरि शैक्षिक छेत्रमा सहयोग गर्ने अध्यक्ष राउतले बताइन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here