चरिकोट।बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाको लागत र समयतालिका बढेपछि प्रतिनिधि सभाका सदस्य माननीय जिपछिरिङ शेर्पा आयोजना स्थल पुगेका छन्।
३५ अर्व २९ करोड लागत अनुमान गरिएको माथिल्लो तामाकोसी आयोजनाको लागतमा भारी वृद्धि र समय निकै लम्विएपछि लामा आयोजनाको निरीक्षण गर्न आज आयोजना स्थल गोँगर पुगेका हुन।
गोगर स्थित मुख्य कार्यालयमा तामाकोसीका कर्मचारीहरुसंग आयोजनाको प्रगतिविवरण बुझेपछि लामाले खाडिचउर देखि चरिकोट सम्मको बाटो बनाएरै भएपनि आयोजनाको काम समयमै सकाउनुपर्ने सुझाव दिएका छन्।
खाडिचौर-चरिकोट सडकको दुरावस्थालेे तामाकोसी आयोजना पछि धकेलिदै छ भन्ने समाचार सञ्चार माध्यममा सुनेको बताउदै,लामाले अब कुनैपनि वाहानामा आयोजना पछि धकेलिनु नहुने भनेका छन्। “एक थान रोलर,एक थान ग्रेडर,एक थान पानी ट्याङ्की र दुई थान ट्रिपरले सडक दैनिक रुपमा चिल्याएर भएपनि सामान पास गराउनुपर्छ” सांसद लामाले भने। २०-२५ लाखको खर्चले खर्बौ रुपैयाँ बच्ने र आयोजना पनि समयमा नै बन्ने भएकाले आयोजनालाई तत्काल सो काम गर्न निर्देश समेत दिएका छन्। राष्ट्रिय गौरवको आयोजनामा भइरहेको गतिविधिहरुको अध्ययन अवलोकनमा सत्ता पक्षले प्रतिपक्षको सांसद पनि छ है भन्ने कुराको ख्याल नगर्दा आफुले छुट्टै समयमा आयोजनाको भ्रमण गर्नु पर्को गुनासो समेत लामाले पोखे।

आयोजनाको हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको छ।
सांसद लामा समक्ष प्रगति र खर्च विवरण प्रस्तुत गर्दै इलेक्ट्रिकल महाशाखा प्रमुख पुर्ण गोपाल रन्जितले हालसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको र ३७ अर्व ७१ करोड खर्च भएको जानकारी गराएका थिए।
आयोजनाको प्रगति प्रस्तुत गर्ने क्रममा रन्जितले बिदेशी मुद्राको सटही व्यवस्था असहज हुँदा परामर्शदाता र निर्माण कम्पनिलाई भुक्तानि दिन समस्या भएको गुनासो गरेका थिए।

नेपाली कांग्रेसका सभापति रुद्र बहादुर खड्का, पूर्व पार्टी सभापति उद्धव राज काफ्ले, नेता केशव चौलागाई ,पार्टी सचीव सन्तोष रिमाल,क्षेत्रीय सभापति जयराम श्रेष्ठ,महासमिती सदस्य बाबुकाजी बस्नेत, कोषाध्यक्ष कृष्णगोपाल केसी, नेपाली कांग्रेसका बिगु गाउपालिका प्रमुख युधिष्ठीर खड्का, जिल्ला कार्यसमिती सदस्य बालकृष्ण शिवाकोटी, लोकशंकर चौलागाई, जिल्ला कार्यसमिती सदस्य गौरब कुमार लामा, राजु लामा, नेपाल आदिवासी जनजाति महासंघका सचिब आङपासाङ शेर्पा तरुण दलका अध्यक्ष दावासांगे शेर्पा, तरुण दल उपाध्यक्ष बिदुर कार्की, गौरीशंकर गाउपालिका वडा न ४ का वडाध्यक्ष प्रलाद कार्की, नेपाली कांग्रेसका नेताहरु प्रदिप मानन्धर,शान्तकृष्ण श्रेष्ठ लगाएका टोलीले गाेंगर हुँदै आयोजनको बाध स्थल लामाबगर पुगी आयोजनाको गतिविधि अध्ययन अवलोकन गरेकाका थिए।
आयोजनाको निरिक्षणपछि लामा आजै चरिकोट फर्किएका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here