‘महिनावारी पाप होइन वरदान हो’ भन्दै  चेतनामूलक तालिम चरिकोटमा सम्पन्न

1074

चरिकोट। ‘महिनावारी पाप होइन वरदान हो’ भन्दै प्रिडम किट ब्याग च्यारेटी अर्गनाइजेसन युकेको आयोजनमा महिनावारी बिषयक चेतनामूलक तालिम आज चरिकोटमा सम्पन्न भएको छ।
चरिकोट अस्पतालका डाक्टर विनोद डंगाल र जिरी अस्पताकी मेडिकल सुब्बा डाक्टर अर्चना केसीको पहलमा चरिकोट स्थिति जिल्ला स्वास्थको तालिम हलमा भएको कार्यक्रममा महिलाहरुलाई महिनावारी सम्बन्धि जानकारी र सरसफाइका तरिकाहरु सिकाएका थिए।
कार्यक्रममा सहभागी सबै युवती तथा महिलाहरुलाई महिनावारी हुदा प्रयोग गर्ने कीट ब्याग( कपडको प्याड,पेन्टी ,साबुन लगाएत भएको झोला) दिएको डाक्टर अर्चना केसीले जानकारी गराइन्।
नेपालका अधिकांश युवती तथा महिलाहरुले महिनावारीको बेला लापरबाही गर्ने,सरसफाइमा ध्यान नदिने गर्दा पाठेघरमा समस्या उत्पन्न भइ प्रजनन प्रणालीमा गम्भीर समस्याहरू देखा परेको घट्नालाई मध्यनजर राखेर आफुहरुले यस्तो प्रकारको कार्यक्रम गरेको केसीले बताइन्। “महिनावारीको बेला गरिने गलत तरिकाको सरसफाइले पनि बच्चा बस्न सक्दै, यस्मा सबै युवती तथा महिलाहरु सजक हुन अावश्यक छ।” उनले भनिन।
स्वास्थ्य सम्बन्धि चेतनामूलक  कार्यक्रममा सय भन्दा बढि युवती तथा महिलाहरूको उपस्थिति थियो।
सबै बालबालिकाहरु महिनावरी हुनै पर्ने हुदा महिनावारी भएको अवस्थामा भन्दानि नभएको अवस्थामा डराउनुपर्छ भन्दै अर्गनाइजेसनका संचालक रोजा म्याथेजनले भनिन् ” महिनावारी पाप भन्दा नी आशिर्वाद हो र हरेक श्रीमानहरुका लागि वरदान हो।” त्यसैले हरेक पुरुष र महिला यसबारे जानकार र सजक हुन आवस्यक रहेको कुरा प्रष्ट पारिन्।
१५ महिना अघिदेखि सामाजिक काममा लागेको च्यरेटी अर्गनाइजेसनले काठमाडौं,सिन्धुपाल्चोक र दोलखा गरि हालसम्म दुई हजार ७ सय युवती तथा महिलाहरूलाई महिवारी विषयमा जानकारी,सरसफाइका तरिका र कीट ब्याग वितरण गरेको म्याथेजनले बताइन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here