आखिर के हो जुम्बा र यसले के फाइदा दिन्छ ? – कारण जान्नुहाेस्

1400

समाज यति व्यस्त देखिन्छ कि सबैजसो व्यक्तिको जीवनशैली स्वास्थ्यप्रतिकूल भइरहेको देखिन्छ। व्यस्तताकाबीच अधिकांश व्यक्ति आफ्नो स्वास्थ्य र खानपिनमा सम्झौता गरिरहेका छन्। स्वस्थ रहन गरिने कैयौ उपायमध्ये जुम्बा पनि एक हो।
आखिर के हो जुम्बा र यसले फाइदा के दिन्छ?
जुम्बा मास्टर राजन बुढाथोकी भन्छन्  ऊर्जावान् संगीतका साथमा जुम्बा गरिन्छ । जुम्बाकक्षको माहोल नै निकै ऊर्जावान् हुन्छ । त्यसैले जुम्बाको ऊर्जावान् संगीतसँग मुग्ध हुनेहरूको सोच, विचार र मुड फ्रेस हुन्छ। बिहानको ताजा होस् या बेलुकाको थकान मार्ने जुम्बा, मुड फ्रेस पार्न यसको भूमिका हुन्छ। नियमित जुम्बा गर्नेको सोचाइ र विचार स्वच्छ र स्फूर्त भइराख्छ । मानसिक रोग एन्जाइटी हुनेको संख्या बढ्दो गतिमा छ । प्रायः अफिसमा पूरा दिन एकोहोरो काममै व्यस्त रहनुपर्ने व्यक्ति एन्जाइटीको सिकार भएको पाइएका छन् । यस्ता व्यक्ति जुम्बा जानु उपयोगी हुन्छ । जुम्बाले केही हदसम्म एन्जाइटीलाई निवारण गर्छ ।

जुम्बामा हुने नयाँ माहोल, आनन्ददायक संगीत अनि व्यायामले एन्जाइटीलाई ठीक पार्न भूमिका खेल्छ। नेपाली युवाहरूमा डिप्रेसनको समस्या व्यापक रूपमा देखिएको छ। मुख्यतस् उच्च आकांक्षा, विदेशी देखासिकी तर गरिबी र अक्षमताले नेपाली युवा डिप्रेसनको सिकार भएका छन्।

वृद्धवृद्धामा पनि डिप्रेसनको समस्या छ। जुम्बाले डिप्रेसन भएका व्यक्तिको हकमा पनि सकारात्मक भूमिका खेल्छ। ग्रुप र संगीतमा गरिने जुम्बा र व्यायाम मानसिक समस्यालाई नियन्त्रणमा राख्छ। जुम्बामा शरीर तात्दा डिप्रेसन बिर्सिनेहरू धेरै छन्। अहिलेका नेपाली युवाहरूमा आत्मविश्वासको निकै कमी पाइन्छ। आत्मविश्वास बढाउन जुम्बा सेन्टर एउटा महत्वपूर्ण थलो हो। सामूहिक रूपमा गरिने नृत्य भएकाले पनि जुम्बा गर्दा आत्मविश्वासको विकास छिटो हुन्छ। जुम्बा गर्नेहरू समूहमा निर्धक्क बोल्न, आफ्नो कला प्रस्तुत गर्न अगाडि नै हुन्छन्। जुम्बा गर्दा मानसिकसँगै शारीरिक फाइदा पनि निकै छन् ।

मुख्यतः अधिकांश रोगका लागि कारक बन्ने गरेको मोटोपन नियन्त्रण गर्न जुम्बा उत्तम उपाय हो। जुम्बाको खास कन्सेप्ट नै शारीरिक मोटोपनलाई क्यालोरीमार्फत घटाउने भन्ने हो । नियमित जुम्बा गर्दा मोटोपन घट्ने तथा शारीरिक तौल नियन्त्रणमा राख्न सघाउ पुग्ने हुन्छ । हाड–जोर्नीको समस्या भएकालाई पनि जुम्बा फलदायी भएको पाइन्छ। जुम्बाको लचकदार व्यायामले सबै प्रकारका जोर्नीको दुखाइमा फाइदा गर्छ। जुम्बा गर्दा शरीरमा सञ्चार हुने रगतले उच्च रक्तचाप घटाउने काम गर्छ। यसले कोलेस्ट्रोलको मात्रामा पनि सुधार ल्याउँछ। पसिना निकाल्ने गरी रिल्याक्समा गरिने कसरत भएकाले जुम्बाले मानसिक र शारीरिक आनन्दसहित नै मन र शरीरलाई फिट राख्छ। मानसिक र शारीरिक रूपमा स्वस्थ व्यक्ति नै बाहिरी आवरणमा सुन्दर देखिन्छ। जुम्बा गर्दा छालाभित्रबाट पसिनासँगै फोहोर बाहिरिने भएकाले छाला सफा रहने गर्छ। अनुहारमा चमक आउँछ। सफा छालामा डन्डिफोरको खतरा पनि रहँदैन । त्यसैले बाहिरी सौन्दर्यका लागि पनि जुम्बा महत्वपूर्ण छ।

राजन बुढाथोकी: जुम्बा प्रशिक्षक चरिकोट दोलखा

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here