अस्थायी शिक्षकको परीक्षा स्थगित

326

काठमाडौं। आउँदो चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ ।
शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ ।
बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दैसयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए ।
उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए ।
विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवाैँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here