बेइजिङमा देखियो किम जोङको हरियो रेल: उत्तर कोरियाका नेता भन्दै पश्चिममा हल्लाखल्ला

206
बेइजिङ। उच्च सुरक्षा सतर्कताकाबीच बेइजिङमा देखिएको एउटा रेलले विश्वको ध्यान तानिरहेको छ। सन् २०११ मा विश्व भ्रमणमा निस्किँदा उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलले प्रयोग गरेको जस्तो रेल एक्कासी बेइजिङमा देखा परेको हो।
उच्च सुरक्षा सतर्कताबीच उत्तरबाट आएको रेलका अतिथिहरुलाई डियाओयुताई राज्यको आवास गृहमा राखिएको छ। यस आवास गृहमा यसअघि उत्तरका नेता इल समेत बसेका थिए।
प्रहरीले ती अतिथि त्यहाँ उपस्थित हुनु पूर्व नै सिएनएनका सञ्चारकर्मीहरुलाई सो स्थानबाट हटाएको सीएनएनले जनाएको छ।
यो आवास गृह मुख्यतय विशेष वार्ताका लागि प्रयोग हुँदै आएको छ। यसअघि जर्ज डब्लु बसुको समयमा यहाँ उत्तर कोरियाको आणविक हतियार सम्बन्धी वार्ता भएको थियो। तर, वार्ता उत्तर कोरियालाई आणविक अतियारबाट पछाडि हटाउन भने सफल भएन।
पुरानो प्रकारकै हरियो रेल बेइजिङमा स्थानीय समय अनुसार सोमबार साँझ देखा परेको थियो। यसमा उत्तर कोरियाका नेता किम जोङ उन वा अन्य उच्चस्तरीय अधिकारी रहेको अनुमान गरिएको छ।
यो रेल उत्तर कोरियाली नेता किम परिवारको भएको दाबी गरिएको छ। यही रेल लिएर उत्तर कोरियाली नेता वैदेशिक यात्रमा निस्किने गर्छन्।
यदि बेइजिङमा किमको उपस्थिति भएको हो भने यसले बेइजिङ र प्योङयाङबीचको नजिकको साझेदारीलाई प्रष्ट पारेको छ। किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनलाई सम्मेलनमा बोलाएका छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता गर्ने कार्यक्रम समेत अगाडि बढेको छ। यस्तो अवस्थामा उनी बेइजिङमा उपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ।
यता चीनको परराष्ट्र मन्त्रालयले भने प्योङयाङका पाहुनाका बारेमा जानकार नरहेको जनाएको छ। पत्रकारहरुको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै जानकारी नरहेको बताएका हुन्।
यो घटनाले अमेरिकालाई समेत आश्चर्यमा पारेको जोन्स हप्किन्स विश्वविद्यालयको अमेरिका-कोरिया इन्स्टिच्यूटका विश्लेषक कर्टिस मेल्भिन भनेका छन्।
जोनले उत्तर कोरियाको अर्थत्रन्त्रको बारेमा अध्ययन गर्दै आएका छन्। भू-उपग्रहको माध्यमबाट उनले अध्ययन गरिरहेका छन्। ‘मलाई जानकारी भएसम्म, यो रेल किम जोङ उन सत्तामा आएसँगै रेलले चीनको यात्रा गरेको थिएन्,’ उनले सीएनएनसँग भनेका छन्।
यो रेलको प्रयोग किमको परिवारले मात्र नभइ उत्तरका उच्च अधिकारीहरुले समेत प्रयोग गर्दै आएका छन्। उत्तर कोरियाली नेतृत्वका बारेमा जानकार माइकल म्याडेनका अनुसार रेलमा उत्तर कोरियाली नेता किम जोङ उन वा उनकी बहिनी किम यो जोङ हुन सक्ने बताएका छन्।
उनी उत्तर कोरियाको कोरियन वर्कर पार्टीकी प्रोपोगाण्डा तथा एजिटेशन डिपार्टमेन्टकी प्रमुख समेत हुन्।
गत महिना मात्र उनले दक्षिण कोरियाको भ्रमण गरेकी थिइन्। भ्रमणका क्रममा उनले दुई पटक दक्षिण कोरियाली राष्ट्रपतिसँग भेट गरेकी थिइन्।
उत्तर कोरियाली नेता किमले सत्तामा आएपछि हालसम्म कुनै पनि विदेशी राष्ट्र प्रमुखलाई भेटेका छैनन्। उनी सन् २०११ को अन्त्य तिर सत्तामा आएका थिए।
परम्परागत सम्बन्ध रहेका उत्तर कोरिया र चीनबीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण अवस्थामा रहेको छ। उनले सत्तामा आएसँगै बेइजिङमा रहेका आफ्ना उच्च अधिकारीलाई कारवाही गरेका थिए।
दक्षिण कोरियाले पनि उत्तरका नेता बेइजिङ पुगेको बारेमा अनविज्ञता प्रकट गरेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुनको कार्यालय ब्लु हाउसका अधिकारीले बेइजिङसँग प्योङयाङको सम्बन्ध सुधार हुनु सकारात्मक भएको जनाएका छन्।
ह्वाइट हाउसका प्रवक्ताले पनि किमको बेइजिङ भ्रमणको बारेमा आफू जानकार नरहेको समेत बताएका छन्। ‘हामीलाई यस विषयमा जानकारी छैन कि यो सत्य हो,’ प्रवक्ताले भनेका छन्, ‘हामीले उत्तरसँगको वार्तालाई नजिकबाट हेरिरहेका छौँ जुन केही महिनामा नै हुने छ।’
जापानको निपान न्युज नेटवर्कले हरियो डिब्बा भएको सो ट्रेनको दृश्य प्रसारण गरेको छ।
पुरानो निजी रेल
किम जोङ इल र किम इल सङ, अहिलेका नेता किम जोङ उनका बुबा र हजुरबुबा यही रेलमा यात्र गर्दथे। आफ्ना समकक्षी चीन र रुसको पटक पटक यात्रामा हतियारले सम्पन्न यही रेलको प्रयोग भएको थियो। किम जोङ इलले पछिल्लो समय सन् २०११ को अगस्टमा यही रेलमा मस्को पुगेका थिए। उनले त्यहाँ रुसको राष्ट्रपति दिमित्री मेडभेडेभसँग भेटवार्ता गरेका थिए।
त्यस्तै उनले सन् २००१ मा समेत रुसको भ्रमण गरेका थिए। यो रेल पूर्णरुपमा हतियारवद्ध र सम्मेलन गर्न मिल्ने हलमा यसैमा रहेको छ। त्यस्तै रेलमा दर्शकको लागि च्याम्बर, बेडरुम स्याटेलाइट फोन, टिभी स्क्रिनयुक्त रहेको बताइएको छ। एजेन्सी

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here