शिक्षा एेन नवौं संशोधनको विरोधमा नेविसंघले शुरु गरे अनशन

364

काठमाडौं -शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले माइतीघर मण्डलामा आमरण अनशन शुरू गरेका छन्।
शिक्षकहरुलाई पुर्ण रुपमा दलको कार्यकर्ता बनाउने उदेश्यले बदनियत पुर्ण तरिकाले पास गरिएको  बिधेयक तत्काल खारेज गर्न भन्दै नेपाल विद्यार्थी संघका तर्फबाट राजन लम्साल,मिलन बास्तोला र हेमराज थापा अनशनमा बसेको महामन्त्री कुन्दनराज काफ्लेले बताए।
काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए।
शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षक हरुलाई स्थायी गर्न लागिएको उनले बताए।
चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ।
२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्।
उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here