बन्दूक नियन्त्रण माग गर्दै अमेरिकामा विशाल र्‍याली, लाखौं मानिस सडकमा

76

काठमाडौं,११ चैत। बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ ।
विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन्। ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन्।
सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ भने देशको आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन् ।
वासिंगटनमा भएको कार्यक्रममा मात्रै पाँच लाख प्रदर्शनकारी सामेल भएको दावी गरिएको छ।
कार्यक्रममा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतिसमेत दिएका छन्।
अमेरिकामा बन्दूकमाथि नियन्त्रण गरिनुपर्ने मागको समर्थनमा अमेरिका बाहिरको लण्डन, जेनेभा, टोकियो, सिड्नी, एडिनबरा जस्ता ठूला शहरमा पनि प्रदर्शन गरिएको छ।
यस प्रदर्शनमार्फत् बन्दूक नियन्त्रणसम्बन्धि कानून बनाउन राजनेतालाई दबाब दिने उद्देश्य राखिएको छ।
अर्कातिर संविधानले हतियार किन्ने छुट दिएको भन्दै बन्दूक नियन्त्रणको विरोधमा नेशनल राइफल एशोसिएशन जस्ता बलशाली संस्था नीति निर्माण तहका व्यक्तिलाई सधै प्रभावमा पारिराख्न सफल भएको छ।
पछिल्लो पटक फ्लोरिडामा भएको गोलीकाण्डमा १७ जना तथा गत वर्ष लास भेगसमा भएको अर्को गोलीकाण्डमा ५८ जनाको हत्या गरिएको थियो।
एक सर्भेक्षणले करीब ४० प्रतिशत अमेरिकीको साथ बन्दूक रहेको जनाएको छ।
अमेरिकामा २०१६ मा मात्र बन्दुककै कारण गरिएको हत्यामा ११ हजार मानिस मारिएका थिए । (एजेन्सी)

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here