काठमाडौं, १० चैत। नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
पछिल्ला दिनहरुमा नेविसंघका पदाधिकारी र सदस्यहरुको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सन्जालमा समाचार सम्प्रेषण भएको थियो ।
संगठन र पदाधिकारीको बदनाम गर्ने कार्यमा संलग्नलाई कुनै हालतमा छुट नदिने अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here