
काठमाडौं, ९ चैत। फागुन २८ गते काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान निधन भएको छ ।
विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा निधन भएको हो ।
श्रीमान सुल्तानको मृत्यु भएको खबरले हृदयघात भएपछि उनलाई गएको आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा उनको शुक्रबार विहान साढे ९ बजे निधन भएकाे अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन ।
फागुन २८ गते काठमाडौंमा दुर्घटना परेको युएस बंगला एयरलाइन्समा चालक दलका ४ जनासहित ४९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक रहेका छन । बाँकी २१ जना नेपाली रहेका थिए ।
उनको शवलाई मुस्लिम धर्म अनुसार पति अबिदको चिहान नजिकै राखेर दाहसंस्कार गरिने परिवारले जनाएको छ ।