सिरियामा पछिल्लो भिडन्तमा ८ कुर्दिस सेना मारिए

179

सिरिया,१८ फागुन  । सिरियाको आफरिनमा कुर्दिस लडाकु र टर्किस सेनाबीच भएको भिडन्तमा आठ जना कुर्दिस सेना मारिएका छन्।

घटनामा १३ जना घाईते भएका छन् । आफरिनमा गत जनवरीदेखि टर्किस सेनाले धावा बोल्दा कुर्दिस सेना अप्ठेरोमा पर्दै आएको छ । टर्किस सेनाको आक्रमणका कारण आफरिनका हजारौं सर्वसाधारण घरबारबिहीन बनेका छन् ।

यता, सिरियाको दमस्कस नजिकैको गुटामा सिरियाली सेनाले गरेको आक्रमणमा ५ सय ८० जना सर्वसाधारणको ज्यान गईसकेको छ भने ३ लाख ९३ हजार सर्वसाधारण फसिरहेका छन् । सिरियाको नाजुक अवस्थाका कारण विश्व समुदाय चिन्तित बनेको छ भने फसेका सर्वसाधारणलाई मुक्त गर्ने प्रयास जारी नै छ ।

सिरियामा आठ दिनसम्म जारी लगातार भएको आक्रमणमा परि घाईते हुनेहरुको अवस्था अझै पनि नाजुक छ । औषधीउपचारको अभावमा उनीहरुको अवस्था नाजुक बन्दै गएको हो । (एजेन्सी)

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here