इयू र क्यानडाले गरे ट्रम्पको निर्णयको विरोध

114
फाईल तस्बिर

फागुन १८ – अमेरिकाका प्रमुख व्यापारिक साझेदार युरोपेली युनियन इयू र क्यानडाले ले स्टील र अल्मुनियमको आयतमा कर लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरोध गरेका छन् ।

 

राष्ट्रपति ट्रम्पको घोषणालगत्तै इयू र क्यानडाले आफूहरूले पनि जवाफी कदम चाल्ने चेतावनी दिएका हुन् । युरोपेली आयोगका अध्यक्ष जाँ कल्ड युंकरले अमेरिकी कदमले हजारौं युरोपेलीको रोजगारी जोखिममा पर्ने भएकाले चुप लागेर नबस्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको घोषणालगत्तै अमेरिकाको शेयर बजार परिसुचक डाउ जोन्स डेढ प्रतिशत भन्दा बढीले घटेर बन्द भएको छ । ट्रम्पले स्टील उत्पादनमा आउँदो हप्ता २५ प्रतिशत र अल्मुनियमका सामाग्रीमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here