काठमाडौं २५ माघ। सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समितिले १५ वटा मन्त्रालय रहेको प्रतिवेदन पास गरेको बताए ।

समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ।

मन्त्रिपरिषदमा ४ वटा विषयगत समिति रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको शर्माले जानकारी दिए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here