कुख्यात अपराधि सहित १ सय ७० गुण्डा दोलखामा भित्रिए,शान्ति सुरक्षामा चुनौती!

1211

दोलखा १७ कार्तिक । दोलखा जिल्लाको शान्ति सुरक्षा हतियार सहित भित्रिएका गुण्डाहरुको कारण चुनौतीमा परेको छ। दोलखाली जनतालाई मत हाल्ने अवसर सिर्जना गर्न यहाँको स्थानिय प्रशासनलाई फलामे चिउरा चपाउनु सरह भएको देखिन्छ।
निवार्चन सुरक्षा समितीको चार्तुयतामा कमी भएको फाईदा उठाउदै बुथ कब्जा गरेर बिजयको झण्डा फरफराउन बानी परेका केही नेताहरुले डनका नाममा परिचित कुख्यात अपराधिलाई बेलैमा भित्रएको नागरिक अगुवाहरुले गुनासो गरेकाछन।
दोलखाको खरिढुङा र किर्नेटार नाकाबाट एक हप्तामा १ सय ७० जना हतियारधारि गुण्डाहरु भित्रिएको बिशेष स्रोतले बताएको छ। नाकामा प्रहरीले कडाई चेक जाँच नगरेका कारण मतदान केन्द्रमा नागरिक पुग्न नसक्ने अवस्था आईरहेकोमा आफुहरुलाई चिन्ता लागेको नागरिक समाज दोलखाका अगुवा सुन्दर बिक्रम कार्कीले बताए ।
कार्कीले भने “पार्टीको झण्डा हातमा बोक्दै, झोलामा हतियार भित्रयाउने लाई निर्वाचन अघि प्रहरीले कानुनी कार्वाही नगरेमा ठुलो दुर्घटना नागरिकले ब्यहोर्नु पर्ने छ ।” चुनाव नजिक आउँदा मात्र सिमा सुरक्षा प्रहरीले कडा बनाउने हुदा यसपटक बेलैमा गुण्डा भित्रउन उम्मेदवार सफल भएका नागरिकले चर्को आवाज उठाएकाछन । दोलखाका गाउँ गाउँमा खिया लागेका हतियार सफा गदै खसी , भाले र गाँड रक्सीको सगुन दिदै कुख्यात गुण्डाहरु उम्मेदवारहरुले पालिरहेको कार्कीको दाबि छ
नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले जुन सुकै पार्टीका उम्मदवारले गुण्डा ल्याए पनि तत्काल गुण्डालाई जिल्ला निकाला गरि नागरिकले स्वाच्छरुपमा मत हाल्ने बातावरण सृजना गरिदिन निर्वाचन सुरक्षा समितीलाई आग्रह गरेकाछन । मुसल्टेको मतले मात्र जित्ने योजना बनाउने उम्मेदवार लाई समेत कार्वाही गर्ने सुरक्षा निति आवश्यक रहेको अवस्थामा उल्टै उनीहरुकै सुरक्षामा राज्यले प्रहरी पठाउने गरेको छ । नेकपा एमालेका नेता राजु श्रेष्ठ भन्छन गुण्डा भित्रीएको सत्य तथ्य पत्ता लगाई प्रहरीले कार्वाही गर्ने बातावण र्सिजना गरिदिनु पर्छ ।
यता दोलखाका सुरक्षा प्रमुख एवम प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले गुण्डागर्दी बिनाको निर्वाचन जिल्ला गराउन अहेरात्र सुरक्षा संयन्त्र लागी रहेको बताए । उनले भने १ सय ७० जना हतियारधारि गुण्डाहरु भित्रिएको आधिकारी सुचना स्थानिय प्रशासनमा नआई पुगे समेत प्रष्टपारे । अहिले सुचना भयो हामी निगरानी गर्ने छौं प्रजिअ थापाले भने । दोलखा प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीलाई सम्पर्क गर्दा टेलिफोन उठाएनन् ।

राँतो गुँरास आलाईनबाट साभार

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here