टोकियो। सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई कुर्सीमा राखेर आफू उभिएर सेवा दिईरहेको देख्दा अनि सुन्दा पत्याउन मुस्किल हुन्छ।
यस्ता कामलाई अरु देशमा मतलब नगरेपनि नेपालमा भने अचम्मनै मान्न सकिन्छ।
अस्थायी तथा स्थायी दरबन्दीका नेपालका कर्मचारीहरुले यस्तो काम न आजसम्म गरेको सुनेका छौँ, न देखेका छौँ।अपबादमा कोहिकसैले गरेछन् भने त्यो ठुलै समाचार बन्ने गर्छन्।
जस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राइले अहिले कुल्ली जस्तै ढुङ्गा बोक्ने, पानीको पाइप विछ्याउने अनि बिरुवा रोपेर हिड्दा निकै महत्त्वका साथ समचार बन्ने गर्दछ।
किन कि अरु मेयरले देश र जनताको निम्ति हालसम्म त्यो हिम्मत गरेकै छैनन् ।
जनप्रतिनिधि होस या कर्मचारी होस कुर्सीमा मजाले बसेका हुन्छन् र जनतालाई चर्को घाम, धुलो,धुवा र पानीमा घण्टौ उभ्याएर सेवा दिने चलन देशको पुरानै हो।
देशलाई अमेरिका, जापान बनाउनुपर्छ भन्ने नेताहरुले पनि कुर्सी मोह त्याग्न नसकिरहेको अवस्थामा कर्मचारीहरुले त्याग्ने त कुरै भएन।
लोकसेवाका ठेली घोकेर खाएको जागीर पो हो त।
तर एसियाकै पुर्वतर्फ पर्ने देश जापनमा भने कर्मचारीहरु उभिएर, सेवाग्राहीहरुलाई बसाएर सेवा दिने गर्दछन्।
चितवनबाट १० वर्ष अघि जापन प्रवेश गरेका आकाश पौडेलका अनुसार यहाँका सरकारी कार्यलयका सबै कर्मचारीहरुले सेवाग्राहीलाई उच्च सम्मान गर्ने बताए।
‘यहाँ स्वदेशी,विदेशी कोहिकसैलाई भेदभाव हुँदैन्,’उनले भने ‘यहाँका वडा कार्यलय, नगरपालिका र अन्य सबै सरकारी कार्यलयका कर्मचारीहरुले सेवाग्राहीहरुलाई उच्च सम्मान र नम्र बोलीचालीमा सेवा प्रदान गर्छन्।’
टेक्नोलोजीमा संसारकै उत्कृष्ट देशमा गणना हुने जापानको अस्पताल, बैंक, होटल तथा पसलहरु लगाएतमा समेत सेवाग्राही तथा ग्राहकलाई उच्च सम्मान गर्छन्।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here