काठमाडौं । पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले आफूले मन्त्रालयको नाममा गाडी किनेर कुनै गल्ती नगरेको बताउनुभएको छ।
तत्कालीन समयमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पुरानो,खराब अवस्था र धुवा धेरै निकाल्ने गाडी मात्रै भएकोले सुरक्षाको दृष्टिकोणले पनि नयाँ गाडी किन्नुपरेको राम्रो पोष्टलाई बताउनुभयो ।
‘कार्यलयको लागि म आफैले गाडी किन्ने कुरा भएन, मन्त्री पदबाट राजिनामा दिएपछि कार्यलयमै गाडी जिम्मा लगाएर हिडेको हो,’ उहाँले भन्नुभयो, ‘अहिले आएर पार्वत गुरुङले गाडी किनेर घरमै लगेको जस्तो समाचार आउँदा मेरो विपक्षीहरुलाई ‘विचरा’ भन्न मन लाग्यो।’
‘चरित्र हत्या गर्न अरु केही नपाए पछि “के निहु पाउ कनिका विकाउ” जस्ता सोचकाहरुले गाइजात्रे तरिका अपनाएकोमा दु:ख लागेको छ,’ उहाँले भन्नुभयो। ‘सायद गाईजात्रा निजिकिदै गरेकोले हो कि?’
महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ ।
गुरुङ मन्त्री रहँदा प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो।
प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो ।
खरिदका लागि २ करोड रुपैयाँ मात्रै बजेट रहेको र तत्कालिन मन्त्री गुरूङले प्राधिकरणको खातामा भएको भन्दा बढी रकम निकासा गरेर सवारी साधन खरिद गरेको महालेखा प्रतिवेदनले देखाएको छ।
मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गरेपछि नै गाडी किनेको गुरुङले बताउनुभयो ।
सुरुमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएका गुरुङ्गको पछि सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएर सरकारको प्रवक्ता भएका थिए ।
महिला,बालबालिका मन्त्री रहँदा मन्त्रालयमा पुरानो खराब अवस्था र धुवा मात्रै बढि निकाल्ने गाडी रहेपनि सोही गाडीमा गाउँ बस्ती पुगेर जनताको काममा लागेको उहाँले बताउनुभयो।
नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गुरुङ्ग दोलखाबाट निर्वाचित संघिय सांसद हुन् ।
२०७४ सालको निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओली देशभरिमै सबैभन्दा बढी मत प्राप्त गर्ने सांसद बन्दा पार्वत गुरुङले पनि सबैभन्दा ठूलो मतान्तरमा जित्ने सांसदको रेकर्ड बनाएका थिए ।
ओलीले सर्वाधिक मतको कीर्तिमान बनाउँदा दोलखाका पार्वत गुरुङले विपक्षीसँगको सर्वाधिक मतान्तरको किर्तिमान कायम गरेका हुन् ।
राजनीतिमा गुरुङको छलाङ भने निकै रोचक मानिन्छ । राजनीतिसँगै गुरुङ जटिबुटी र कृषि उद्यममा पनि संलग्न छन् ।
एमालेको गढ मानिने दोलखामा आफूभन्दा धेरै सिनियर नेताहरुलाई पछि पारेर गुरुङ केन्द्रीय राजनीतिमा समेत बलियो मानिन्छ ।
जुझारु स्वभावका गुरुङ विपक्षीहरुप्रति आक्रामक नेताका रुपमा चिनिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here